न्यूयोर्कको भूमिगत रेलगाडीमा महिलालाई आगो लगाई हत्या गर्ने व्यक्ति गैरकानूनी रूपमा ग्वाटेमालाबाट अमेरिका प्रवेश गरेको खुलासा,नाम र उमेर सार्वजनिक

इनेप्लिज २०८१ पुष ९ गते ०:२३ मा प्रकाशित

न्यूयोर्कको भूमिगत रेलगाडीमा महिलालाई आगो लगाई हत्या गर्ने व्यक्ति गैरकानूनी रूपमा ग्वाटेमालाबाट अमेरिका प्रवेश गरेको खुलासा गरिएको छ । साथै प्रहरीले उनको नाम र उमेर सार्वजनिक गरेको छ ।

संदिग्धलाई हत्या, आगजनी गरेको आरोपमा महिलालाई आगो लगाई मारेको आरोप लगाइएको छ । उक्त व्यक्तिको उमेर ३३ वर्ष भएको अधिकारीहरूले यसलाई “क्रूर हत्या” भनेका छन् ।

आक्रमणकारी ३३ वर्षीय ग्वाटेमाला नागरिक हुन् । गत छ वर्ष अगाडी उनि अमेरिका गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेका थिए । उनको नाम सेबास्टियन जापेटा-कालिल भएको प्रहरीले बताएको छ ।

न्यु योर्क शहर प्रहरी विभागका अनुसार उनलाई प्रथम पहिलो र दोस्रो-डिग्री हत्या र प्रथम श्रेणीको आगजनीको आरोप लगाइएको छ।

सीमा गस्तीले जुन १, २०१८ मा एरिजोनाको सोनोइटामा उनिसँग सामना गर्यो । उनलाई देश निकाला गरियो त्यसपछि अज्ञात मिति र स्थानमा गैरकानूनी रूपमा अमेरिका पुन: प्रवेश गरेको प्रहरीले बताएका छन् । पीडितको अझै पहिचान हुन सकेको छैन ।

खल्तीमा रहेको लाइटर(दीपिका) सहित अभियुक्त पक्राउ परेको प्रहरीले गरिएको थियो ।

प्रतिक्रिया