रुस–युक्रेन युद्धमा कम्तिमा १ हजार उत्तर कोरियाली हताहत अर्थात् मारिएको या घाइते भएको दक्षिण कोरियाले दाबी गरेको छ ।
युक्रेनसँगको रुसको युद्धमा एक हजार, एक सय उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका छन् । प्योङयाङले यस क्षेत्रमा थप उत्तर कोरियाली सैनिक तैनाथ गर्ने तयारी गरिरहेको हुनसक्ने दक्षिण कोरियाका सयुक्त सैनिक प्रमुख (जेसीएस) ले सोमबार भने।
यो जानकारी गत हप्ता सियोलको जासुसी सँस्थाको प्रतिवेदन पछि आएको हो जसमा डिसेम्बरमा लडाईमा प्रवेश गरेदेखि कम्तिमा १०० उत्तर कोरियाली सैनिक मारिएका थिए।
प्योङयाङले रुसी सेनालाई सुदृढ पार्न हजारौं सेना पठाएको छ। उनीहरु कुर्स्क सीमा क्षेत्र पनि छन् जहाँ युक्रेनी सेनाले यस वर्षको सुरुमा क्षेत्र कब्जा गरेको थियो।
हामीले हालसालै युक्रेनी सेनासँग लडाईमा संलग्न उत्तर कोरियाली सेनाहरू करिब १,१०० हताहत भएको आकलन गर्छौं, जेसीएसले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
“हामी विशेष गरी रुसको युद्ध प्रयासमा सहयोग पुर्याउन उत्तर कोरियाली सैनिकहरूको थप तैनाथीको सम्भावनामा चासो राख्छौं,” बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
सियोलको सेनाले उत्तर कोरियाले रुस-युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको बताएको छ।
प्रतिक्रिया