ब्राजिलको पर्यटक शहरमा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु

इनेप्लिज २०८१ पुष ७ गते १६:३६ मा प्रकाशित

ब्राजिलको पर्यटक शहरमा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

दक्षिणी ब्राजिलको पर्यटक शहर ग्रामाडोको केन्द्रमा आइतबार १० जना सवार भएको एउटा सानो विमान पसलहरूमा ठोक्किएको नागरिक रक्षा अधिकारीहरूले बताए ।

प्रारम्भिक विवरणहरुमा त्यहाँ कोही पनि जीवित नरहेको बताइएको छ । दुर्भाग्यवश, प्रारम्भिक विवरण अनुसार विमानमा सवारहरू बाँच्न सकेनन् भन्ने संकेत गर्दछ,गभर्नर एडुआर्डो लेइटले सामाजिक संजाल एक्समा भने ।

रियो ग्रान्डे डो सुल राज्यको सार्वजनिक सुरक्षा कार्यालयका अनुसार कम्तिमा १५ जनालाई शहरको अस्पतालमा लगिएको थियो, जसमध्ये अधिकांश दुर्घटनाबाट निस्केको आगोले गर्दा धुवाँको मुस्लोबाट पीडित थिए।

विमानले पहिले भवनको धुँवाकस (चिम्नी)मा, त्यसपछि घरको दोस्रो तल्लामा, फर्निचर पसलमा ठोक्किएको अधिकारीहरूले बताएका छन्। पहाडी क्षेत्रमा अवस्थित ग्रामाडो रियो ग्रान्डे डो सुलको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य हो। यस वर्षको सुरुमा अभूतपूर्व बाढीले दर्जनौं मानिसको ज्यान लिएको थियो ।

दुर्घटना क्रिसमसको केही दिन अघि भएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया