टेक्सोमा नेप्लिज सोसाइटीद्वारा रक्तदान कार्यक्रम

इनेप्लिज २०८१ पुष ६ गते २१:१० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको शर्मन शहर स्थित टेक्सोमा नेप्लिज सोसाइटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डिसेम्बर २१ शनिबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा कम्तिमा ३ दर्जन व्यक्तिहरुले रगत दान गरेका छन् ।

कार्यक्रम बिहान ९ बजे सुरु भै २ बजे सम्पन्न भएको थियो । साथै रगतदान दिनेहरुलाई प्रमाण पत्र समेत प्रदान गरियो । टेक्सोमा नेप्लिज सोसाइटीका अध्यक्ष उज्ज्वल खड्काले आफ्नो कार्यकारी समितिका सदस्यहरु लगायतले रगत दान गरेकोमा धन्यवाद दिएका छन् ।

उक्त कार्यक्रममा नेपाली समाज टेक्सस (एनएसटी)का अध्यक्ष राजेन्द्र वाग्लेको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै बिडीए टेक्ससका अध्यक्ष अजय बगालेको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया