ब्राजिलमा यात्रुवाहक बस र मालबाहक गाडी (ट्रक )एक आपसमा ठोक्किँदा कम्तिमा ३८ जनाको मृत्यु

इनेप्लिज २०८१ पुष ६ गते २०:३२ मा प्रकाशित

ब्राजिलमा यात्रुवाहक बस र मालबाहक गाडी (ट्रक )एक आपसमा ठोक्किँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको राजमार्गमा शनिबार बिहान यात्रुवाहक बस (यात्रीयान )र मालबाहक गाडी (ट्रक)बीच भएको दुर्घटनामा ३८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

घटनास्थलमा प्रतिक्रिया दिने मिनास गेराइस अग्नि नियन्त्रण बिभागका अनुसार अन्य १३ जनालाई टियोफिलो ओटोनी शहर नजिकैको अस्पतालमा लगिएको छ । साओ पाउलोबाट ४५ यात्रु बोकेको बसमा सवार रहेको बताइएको छ ।

अधिकारीहरूले दिएको जानकारी अनुसार शनिबार दिउँसो पीडितहरूलाई घटनास्थलबाट हटाइएको छ । दुर्घटनाको अनुसन्धान भै रहेको सिबीएसन्यूज ले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले उद्धार टोलीलाई बताए अनुसार यात्रीयान (बस)को पांग्रा फुटेको थियो जसका कारण चालकले नियन्त्रण गुमाएको र मालबाहक गाडीसँग ठोक्किएको थियो। तीन यात्रु बोकेको सानो निजी सवारी (कार )पनि बससँग ठोक्किए पनि तीनैजना बाच्न सफल भएका छन् ।

यातायात मन्त्रालयका अनुसार २०२४ मा ब्राजिलमा सवारी दुर्घटनामा १०,००० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया