अमेरिकी खाद्य र औषधि प्रशासन (एफडिए)ले मोटोपना भएका वयस्कहरूमा निद्रा अवरोध गर्ने उपचार गर्न वजन घटाउने औषधि स्वीकृति गरेको छ ।
एफडिएले स्लीप एपनिया अर्थात् निन्द्रामा एक प्रकारको श्वासको अवरोध हुने जुन घुर्ने रोग भन्दा फरक हुन्छ त्यसको लागि वजन घटाउने औषधि जेपबाउन्डलाई स्वीकृत गरेको छ ।
औषधी निर्माण गर्ने प्रतिष्ठान इलि लिलीले उक्त जानकारी गत शुक्रबार दिएको हो । यो विकारको लागि पहिलो औषधि हो। अमेरिकामा लगभग ३९ मिलियन वयस्कहरू यसबाट प्रभावित छन् ।
लिलीको मधुमेह औषधि माउनजारो जस्तै जिबाउन्ड पहिले नै एफडिएद्वारा अधिक वजन वा मोटोपन भएका वयस्कहरूको उपचार गर्न स्वीकृत भइसकेको छ।
अब्सट्रक्टिभ स्लीप एपनिया तब हुन्छ जब निद्राको समयमा माथिल्लो श्वासनली अवरुद्ध हुन्छ । रातभरि स्वासको प्रवाह बन्द हुन्छ।
अप्रिलमा अमेरिकन एकेडेमी अफ न्युरोलोजी(अमेरिकी स्नायुबिज्ञान प्रतिष्ठान )को वार्षिक बैठकमा प्रस्तुत गरिएको ४,००० भन्दा बढी व्यक्तिहरूको अध्ययनले स्लीप एपनिया भएका मानिसहरूलाई पनि स्मरणशक्ति वा सोच्ने समस्या हुने सम्भावना बढी हुने देखाएको छ।
प्रतिक्रिया