बाइडेनले आफ्नो ४ बर्षे कार्यकालमा २३५ वटा न्यायाधिश नियुक्त ,ट्रम्पलाई उछिने

इनेप्लिज २०८१ पुष ६ गते १३:३८ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले आफ्नो ४ बर्षे कार्यकालमा २३५ वटा न्यायाधिश नियुक्त गरेका छन् । यो संगै अहिले सम्मलाई निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उछिनेका छन् ।

सिबिएसन्यूजका अनुसार सिनेटले गत शुक्रबार संघीय न्यायपालिकामा राष्ट्रपति बाइडेनका थप दुई जना उम्मेदवारहरूलाई शुक्रबार पुष्टि गरेको छ ।

ट्रम्पको पहिलो कार्यकालमा आजीवन नियुक्तिको लागि अनुमोदित न्यायाधीशहरूको संख्यालाई उछिनेर उनले पदभार ग्रहण गरेदेखि कुल २३५ जनालाई नियुक्त गरेका छन् ।

दक्षिणी क्यालिफोर्नियाको संघीय जिल्ला अदालतमा बेन्जामिन गालको पुष्टि पछि सेरेना मुरिलोको मध्य क्यालिफोर्नियाको संघीय जिल्ला अदालतमा पुष्टि भएको छ । अर्थात् अनुमोदन गरिएको छ ।

आफ्नो राष्ट्रपतिको कार्यकाल नजिकिँदै गर्दा उनले एक सर्वोच्च अदालतमा एक न्यायाधीश, संघीय पुनरावेदन अदालतहरूमा ४५ वटा न्यायाधीश, जिल्ला अदालतहरूमा १८७ र अन्तर्राष्ट्रिय व्यापार अदालतमा दुई जना न्यायाधीश नियुक्त गरेको सिबिएसन्यूजले समाचार लेखेको छ ।

न्यायाधिश केतनजी ब्राउन ज्याक्सनको चयनले इतिहास बनायो। उनी अमेरिकी सर्वोच्च अदालतमा सेवा गर्ने पहिलो अश्वेत महिला हुन्।

प्रतिक्रिया