अमेरिकी मेगा मिलियन्स चिट्ठा आज शुक्रबार राती खुल्ने, भाग्यशालीले ८६२ मिलियन डलर जित्ने

इनेप्लिज २०८१ पुष ६ गते ०:५२ मा प्रकाशित

अमेरिकी मेगा मिलियन्स चिट्ठा गत मंगलबार पनि कसैलाई नपरेकोले अबका महा भाग्यशालीले ८६२ मिलियन डलर जित्ने भएका छन् । गत सेप्टेम्बर १० मा टेक्ससमा कसैले अन्तिम पटक ८१० मिलियनमा जिते पछि यो चिट्ठा अझै चलिरहेको छ।

शुक्रवार रातीको बिजेताले कर कट्टा गरि नगद लिन चाहेमा ३९२.१ मिलियन डलर लिन सक्ने छन् । ज्याकपोट अर्थात् चिट्ठा जित्ने सम्भावना ३०३ मिलियनमा १ हो।

यो डिसेम्बरको सबैभन्दा ठूलो पुरस्कार हो भने मेगा मिलियन्सको इतिहासमा सातौं ठूलो पुरस्कार हुनेछ। अथवा बिजेताले ३० बर्षको लागि वार्षिक भुक्तानी पनि लिन सक्नेछन् ।

यस वर्ष केवल दुई अन्य व्यक्तिले मात्र मेगा मिलियन्स चिट्ठा जितेका छन् ।

मेगा मिलियन्सका अनुसार, सन् २००२ मा खेल सुरु भएदेखि डिसेम्बर महिनामा १३ वटा चिट्ठा हरू जितेका छन्। तीनवटा क्रिसमस पछिका दिनमा जितेका थिए भने अन्य १० क्रिसमसअघि जितेका थिए। क्रिसमसको दिनमा कहिल्यै चिट्ठा जितिएको छैन।

प्रतिक्रिया