अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनद्वारा १० बर्षमा सबै भन्दा उच्च अनाधिकृत आप्रवासीहरूलाई देश निकाला,ट्रम्पको २०१९ भन्दा बाइडेनको देश निकाला संख्या ज्यादा

इनेप्लिज २०८१ पुष ५ गते १२:०६ मा प्रकाशित

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन(आइसिइ)ले १० बर्षमा सबै भन्दा उच्च अनाधिकृत आप्रवासीहरूलाई देश निकाला गरेको दाबी गरेको छ । सन् २०२४ बिगत १० बर्ष मै सबै भन्दा अनाधिकृत आप्रवासीहरुलाई देश निकाला गरेको तथ्यांक बाहिर ल्याएको छ ।

साथै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको २०१९ भन्दा बाइडेन प्रशासनको देश निकाला संख्या ज्यादा भएको जनाएको छ ।

गत बिहीबार जारी गरिएको सरकारी प्रतिवेदन अनुसार निर्वासन बाइडेन प्रशासन अन्तर्गत आर्थिक वर्ष २०२४ मा १० वर्षको उच्चमा पुगेको बताएको छ ।

आईसिइ ले आर्थिक वर्ष २०२४ मा २७१,००० भन्दा बढी अनाधिकृत आप्रवासीहरूलाई देश निकाला गर्‍यो । ओबामा प्रशासनले ३१६,००० निर्वासन गरेको वित्तीय वर्ष २०१४ यता निकायले अभिलेख (रेकर्ड )गरेको उच्चतम संख्या हो।

ट्रम्प प्रशासन अन्तर्गत आर्थिक वर्ष २०१९ मा आईसिले २६७,००० निर्वासन गरेको विवरण दिएको छ । आर्थिक वर्ष अक्टोबरमा सुरु हुन्छ र सेप्टेम्बरमा समाप्त हुन्छ।

आउँदै गरेको ट्रम्प प्रशासनले अर्को वर्ष अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासन प्रयास सुरु गर्ने वाचा गरेको छ । आईसीईले जारी गरेको तथ्याङ्कले बाइडेन प्रशासनले आफ्नो कार्यालयको अन्तिम वर्षमा निर्वासनमा नाटकीय बृद्धि भएको देखाएको सिबिएसन्यूजले जनाएको छ । आईसीइले आर्थिक वर्ष २०२२ मा ७२,००० र आर्थिक वर्ष २०२३ मा १४३,००० निर्वाचन गरेको जनाएको छ ।

प्रतिक्रिया