युनाइटेड हेल्थ केयर प्रमुख थमप्सनलाई हत्या गर्ने लुइगीलाई न्यूयोर्क लगियो , ४ वटा संघीय आरोप

इनेप्लिज २०८१ पुष ५ गते २:२६ मा प्रकाशित

युनाइटेड हेल्थ केयर प्रमुख कार्यकारी अधिकारी ब्रायन थम्पसनलाई हत्या गर्ने लुइगी माङ्गिओनलाई पेन्सेल्भेनियाबाट न्यूयोर्क लगिएको छ । उनलाई आजै न्यूयोर्कको अदालतमा हाजिर गराईएको छ ।

लुइगीलाई बिहीबार पेन्सिल्भेनियाबाट न्यूयोर्क लगिएको हो । लुइगी माङ्गिओनले संघीय अदालतमा हाजिर भए र उनलाई चारवटा संघीय आरोपहरू लगाईएको छ । आरोपहरुमा एक पछ्याउने ,एक बन्दुक हतियारको प्रयोग र बन्दुक प्रयोग गरेर हत्या सहित जुन आरोपले उनलाई मृत्युदण्डको लागि योग्य बनाउने एबिसीन्यूजले जनाएको छ ।

लुइगी थम्पसनलाई हत्या गर्न जर्जियाबाट यात्रा गरेका थिए । उनले स्वास्थ्य सेवा उद्योगलाई लक्षित गरेका थिए । संघीय उजुरीमा नयाँ कुराहरु फेला परेका छन् । यस अघि प्रहरीले उनिबाट बन्दुक बरामद गरेको बताएका थिए ।

उनलाई पेन्सल्भेनियाबाट न्युयोर्क उदग्रबिमान (हेलिकप्टर)बाट ल्याइएको थियो । न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्स र न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिश म्यान्गियोन म्यानह्याटन आइपुग्दा पर्खिरहेका थिए।

उनले बिहीबार दिउँसो तल्लो म्यानह्याटन संघीय अदालतमा आफ्नो प्रारम्भिक उपस्थिति देखाए र न्यायाधीशका धेरै प्रश्नहरूको जवाफ “हो” भनि जवाफ दिए।

एबिसीन्यूजका अनुसार माङ्गिओन जनवरी १८ मा फेरी अदालत हाजिर हुनेछन । उनलाई ब्रुकलिनमा हिरासतमा राखिनेछ। संघीय आरोपहरूले उनलाई मृत्युदण्डको लागि योग्य बनाउन सक्छ। साथै राज्य अभियोगमा दोषी ठहरिएमा उनले अधिकतम आजीवन कारावास भोग्नुपर्नेछ।

प्रतिक्रिया