अमेरिकामा एमाजोनका कामदारहरूसँग सम्झौता गर्न अस्वीकार गरे पछि सबै भन्दा ठूलो हड्ताल सुरु भएको छ । टिमस्टर्सले एमाजोन विरुद्ध ‘सबैभन्दा ठूलो स्ट्राइक’ सुरु गरेको छ । उनीहरुले एमाजोनलाई ‘अतृप्त लोभ’ को आरोप लगाएका छन् ।
एमाजोनका कामदारहरूसँग सम्झौता गर्न अस्वीकार गरेको युनियनले बताएपछि यो कदम आएको हो ।
टिमस्टर्सले बिहीबार एमाजोन विरुद्ध राष्ट्रव्यापी हडतालको घोषणा गर्यो । न्युयोर्क शहर, एटलान्टा, क्यालिफोर्निया र इलिनोइस लगायतका धेरै सुविधाहरूमा बिहीबार हडताल सुरु हुने टिमस्टर्सले बताए।
टिमस्टर्सले कामदारहरूले बिहीबार बिहान देखि देशभर एमाजोन सुविधाहरूमा हडताल सुरु गर्नेछन् । संघले क्रिसमसको एक हप्ता भन्दा कम समय अघि बिधुतिय किनमेल (अनलाइन शपिंग) एमाजोन बिरूद्ध सबैभन्दा ठूलो हडताल भनेको छ।
हडताल बिहीबार बिहान न्यूयोर्क शहर, एटलान्टा, दक्षिण क्यालिफोर्नियाका तीन स्थानहरू, सान फ्रान्सिस्कोमा र स्कोकी, इलिनोइसमा एक सहित धेरै सुविधाहरूमा सुरु हुने जनएको छ ।
एक समाचार विज्ञप्तिमा संघले यसलाई “अमेरिकी इतिहासमा एमाजोनविरुद्धको सबैभन्दा ठूलो हडताल” भनेको छ ।
“यदि तपाईहरुको सामग्री(प्याकेज) बिदाको समयमा ढिलाइ भयो भने, तपाई एमाजोनको अतृप्त लोभलाई दोष दिन सक्नुहुन्छ,” टिमस्टर्सका महासचिव सीन एम ओ’ब्रायनले एक विज्ञप्तिमा भने।
“हामीले एमाजोनलाई टेबलमा आउन र हाम्रा सदस्यहरूद्वारा सही गर्नको लागि स्पष्ट समय सीमा दियौं। तिनीहरूले यसलाई बेवास्ता गरे।” एबीसी न्यूजलाई दिएको वक्तब्यमा एमाजोनका प्रवक्ताले भने गैरकानुनी रूपमा कर्मचारीहरूलाई युनियनमा सामेल हुन बाध्य पारेका छन्।
प्रवक्ताका अनुसार एमाजोले आपूर्ति केन्द्रहरू र यातायात कर्मचारीहरूमा कामदारहरूको लागि प्रारम्भिक न्यूनतम पारिश्रमिक २० % ले बढाएको छ र सेप्टेम्बरमा औसत आधार ज्याला २२ प्रति घण्टा बढेको छ। टिमस्टर्सले बताए अनुसार देशभरका करिब १०,००० एमाजोन कामदारहरू युनियनमा सामेल भएका छन्।
प्रतिक्रिया