मुलुक बिगार्ने र तहसनहस गर्ने झोले हुन । झोले हुनुको परिणाम छिट्टै थाहा पाउँछन ?

इनेप्लिज २०८१ पुष ३ गते १२:०९ मा प्रकाशित

मुलुक बिगार्ने र तहसनहस गर्ने झोले हुन । एमाले पार्टीका सांसदहरू र नेताहरु, कांग्रेस पार्टीका सांसदहरू र नेताहरु, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसदहरू र नेताहरु, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका सांसदहरू र नेताहरु, जनता समाजवादी पार्टीका सांसदहरू र नेताहरु, जनमत पार्टीका सांसदहरू र नेताहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू र नेताहरु तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र नेताहरु आदि इत्यादी जोसुकै पार्टीका सांसदहरू र नेताहरू किन नहोस आफनो आफनो सांसदहरू र नेताहरूले गरेको गलत कर्तुतलाई गलत भन्नुपर्छ तर गलत हो भन्दैनन उल्टै ढाकछोप गर्न आन्दोलन गर्छन । यसकारण झोलेहरुले श्रीलंका, बंगलादेश र अफगानिस्तान आदि इत्यादि मुलुक भएपछि मात्र झोले हुनुको परिणाम थाहा पाउँछन ?

जुन गोरुको सिंग छैन उसको नाम तिखे भने जस्ता हामी नेपालीहरु छौं । मुलुकमा रोजगारीको भरपर्दो कुनै स्रोत छैन ? युवाहरू दिनदिनै बाहिरी मुलुक पलायन हुनु परेको अवस्था छ । मुलुकमा खाधान्न उत्पादनको भरपर्दो कुनै स्रोत छैन ? खेतीयोग्य जग्गाहरु घडेरीको रूपमा घर बनाउनको लागि प्लाटिंगको रूपमा बेचबिखन भएको अवस्था छ । पेट्रोलियम पदार्थको कुनै स्रोत छैन । बाहिरी मुलुकबाट आएको कोइला, ग्यास र मट्टीतेलले खाना पकाउछौं । बाहिरी मुलुकबाट आएको डिजल, पेट्रोल हालेर मोटरसाइकल र गाडी चलाउँछौं । भारतको खाधान्न र अन्नहरु खाएर बाँचेका छौं । बाहिरी मुलुकबाट आएको पेट्रोलियम पदार्थले मोटरसाइकल र गाडी चलाउँछौं । उल्टै हामी नेपालीहरु नै ठुल ठुला कुरा गर्छौं ।

नेपालमा हामी नेपालीहरु बाँच्नको लागि आय आर्जनको भरपर्दो स्रोत के छ ? हामी नेपालीहरुले नेपालमा खाधान्न, पेट्रोलियम पदार्थ र आय आर्जन जस्ता दरो स्रोतको तर्फ ध्यान दिनुपर्ने हो तर दिदैनौं ? नेपालमा खाडी मुलुक, चाइना, रुस अमेरिका, भारतले पेट्रोलियम पदार्थमा रोक, भारतले नाकाबन्दी गरेपछि र भारतले खाधान्नमा रोक लगाएपछि झोलेहरुले झोले हुनुको परिणाम मात्र थाहा पाउँछ्न ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया