खगेन्द्र प्रसाद आचार्य
त्यो दवापर युगको अन्ततिर,
म मात्र एउटा प्रश्न थिए ।
युधिस्टिरको राज मुकुट खोसी ,
आफ्नो छोरा दुर्योधनलाइ लगाइ दिने,
उच्च आकाशा भएको म नै थिए।
चक्रधारी त्रिलोक रक्षक,
कृष्णलाई चिन्न नसकेर,
सत्यबादी दासी पुत्र बिदुर ,
बचनको कट्टर पालक भिस्मको ,
रक्षा कबजले बाधिएको म ।
आफ्नो प्रश्नको जवाफमा रुमलिएको,
यो शरीर जिबित भए पनि,
आत्मा मनोकाक्षाले जलेर,
लास सरह भएको धृतरास्ट्र हु।
म नै एउटा रणभुमी हु,
म नै कर्म भुमी हु ,
म नै एउटा युद्ध हु,
म नै बलवान् योद्धा हु,
म नै प्रश्नको जवाफ हु।
भाइ पान्डुले आफ्नो कर्मले,
आफ्नो शक्ति सामर्थले जोडेर,
तयार पारेको कर्म भुमी को ,
राज सिहासनमा बसेर ।
भाइ पान्डुको सन्तान मार्न,
लाक्षगृहको रचनाको साक्षी ,
आखाको अन्धो दिलको दुष्ट ,
मनोकाक्षी एक्लो धृतरास्ट्र हु म ।
आफ्नो कर्मको पथर फोर्न नसकेर,
आफ्नो कर्मलाइ सधै धिकार्ने,
भाइ र पुर्खाको कर्म भुमी ,
छोराको लागि हडपन खोज्ने ।
यो समयसग हारेको,
शकुनीको सडययन्त्रमा साथ दिने,
निर्दोष गान्धारी को पति ,
आखाको अन्दो दिलको दुष्ट धृतरास्ट्र हु।
कुलनाशको ताज शिरमा बोकेर,
रिसाहा अनुहार मुखुण्डोले छोपेर,
तिमिलाइ भेटन जरुर आउछ ।
त्यो परिवार नासक अनुहार देखे पनि,
तिमिले क्षमा नदिनु आमा ब्रम्हा समझेर।
खगेन्द्र प्रसाद आचार्य
काठमाडौ
प्रतिक्रिया