सिरियाली विद्रोही नेता मोहम्मद अल-जोलानीले बुधबार एक लिखित वक्तब्य जारी गर्दै उनले बसर अल-असदको सत्ता पतन भएको सुरक्षा बलहरू विघटन गर्ने बताएका छन् । रोयटर्सका अनुसार जोलानी, जसको वास्तविक नाम अहमद अल शारा हो । उनले अगाडी भने अघिल्लो शासनका सुरक्षा बलहरू विघटन गर्ने र कुख्यात कारागारहरू बन्द गर्ने जनाए ।
सिरियाली विद्रोही-सम्बन्धित सरकारी नेता मोहम्मद अल-बशीरलाई देशको प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको छ। अन्तरिम सरकार मार्च सम्म मात्र रहनेछ।
उनले सुरक्षा र राज्यको अख्तियारको पुनर्स्थापना, लाखौं सिरियाली शरणार्थीहरूलाई स्वदेश ल्याउने र आवश्यक सेवाहरू उपलब्ध गराउने प्राथमिकताहरू रहेको बताए। यसै बीच शरणार्थी रहेका सिरियालीहरु घर फर्कन थालेको सामाजिक संजालमा देखिएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सिरियाली सरकारको पतनपछि आपतकालीन बैठकका लागि बिहीबार जोर्डन पुगेका छन्।
ब्लिन्केनले जोर्डनका विदेश मन्त्री अयमान सफादी र राजा अब्दुल्लाहसँग भेट गर्नेछन् । ब्लिन्केनले “एक उत्तरदायी र प्रतिनिधि सरकारमा समावेशी, सिरियाली नेतृत्वको संक्रमण” को लागि अमेरिकी समर्थनको बारेमा छलफल गर्ने योजना बनाएका छन।
राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार राष्ट्रपति बसर अल-असदको यातनापूर्ण शासन अन्तर्गत १४ मिलियन अर्थात् १ करोड ४० लाख भन्दा बढी सिरियाली मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका थिए।
जसमध्ये कम्तिमा ३२ लाख मानिसहरु छिमेकी टर्कीमा मिलेर बसेका थिए। धेरैले एक दशकभन्दा बढी गृहयुद्ध र ५० वर्षको अधिनायकवादी शासनबाट विभाजित देशमा सुरक्षित रूपमा फर्कन नसकेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया