एफबीआई निर्देशकद्वारा ट्रम्पले सपथ ग्रहण गर्नु अघि राजिनामा दिने घोषणा ,भारतीय मूलका काश पटेललाई सहज

इनेप्लिज २०८१ मंसिर २६ गते २३:१९ मा प्रकाशित

एफबीआई निर्देशक क्रिस रेले बाइडेनको कार्यकालको अन्त्यमा राजीनामा दिने बताएका छन् । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई उनि हुदा हुदै एफबीआई निर्देशकमा मनोनित गरे पछि ट्रम्पले सपथ ग्रहण गर्नु उनले राजिनामा दिने बताए ।

बुधबार उनले यो निर्णय गरेका हुन् नत्र ट्रम्पले जबरजस्ती हटाउने भएकोले उनले पहिले नै बाटो खुला गरि दिएका छन् ।

स्मरण रहोस क्रिस रलाई ट्रम्पले नै मनोनित गरेका थिए । यद्यपि रे को आफ्नो १० वर्षको कार्यकालमा अझै तीन वर्ष बाँकी छ। पटेलले सिनेटमा आफ्नो नाम अनुमोदन गर्नु पर्नेछ ।

ट्रम्पले सन् २०१६ को चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानको क्रममा निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि रेले एजेन्सीको नेतृत्व लिएका थिए। मे २०१७ मा कोमीले पद छोडेपछि रेले पदभार ग्रहण गरेका थिए ।

ट्रम्प विशेष गरी, वर्गीकृत कागजातहरूको दुरुपयोगको अनुसन्धानको क्रममा अगस्त २०२२ मा उनको मारो लागो भवनमा एफबीआईको अदालतले अनुमोदन गरेको खोजबाट असन्तुष्ट थिए।

प्रतिक्रिया