तात्तातो ; अवैध आप्रवासनविरुद्ध ट्रम्प प्रशासनको कडा कदम: आइसिइ गिरफ्तार संख्या १ लाख नाघ्यो

इनेप्लिज २०८२ जेठ २४ गते ११:०२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन संस्थाले गिरफ्तार गरेका आप्रवासीहरूको संख्या यो हप्ता १ लाख नाघेको छ। CBS News सिबिएसन्यूजले प्राप्त गरेको आन्तरिक सरकारी तथ्याङ्क अनुसार, मंगलबार र बुधबार मात्र आईसिइले दैनिक २,००० भन्दा बढी व्यक्तिलाई पक्राउ गर्‍याे, जुन ट्रम्पको कार्यकालको सुरुवातमा दैनिक औसत ६६० पुगेको छ ।

बाइडन प्रशासनको अन्तिम वर्षमा दैनिक औसत ३०० गिरफ्तारी हुने गरेकोमा ट्रम्प प्रशासनमा यो संख्या तीव्र रूपमा बढेको हो। व्हाइट हाउसका उपप्रमुख स्टेफन मिलरले आइसिइसँग दैनिक कम्तीमा ३,००० गिरफ्तार गर्न दबाब दिँदै आएका छन्।

हाल आईसिइले देशभरका थुनुवा केन्द्रहरूमा झन्डै ५४,००० आप्रवासीलाई थुनामा राखेको छ। ट्रम्प प्रशासनले आईसिइको क्षमता १ लाखसम्म पुर्‍याउन कङ्ग्रेससँग थप बजेट मागेको छ । र , केही सैनिक आधारभूत संरचनाहरूलाई आप्रवासी थुनुवा केन्द्रमा रूपान्तरण गर्ने योजना बनाएको छ।

डेमोक्रेटिक नेताहरूको शहरहरूमा समेत धावा बढाइएको छ। अदालतमा उपस्थित भएकाहरू, कार्य स्थलहरूमा काम गरिरहेका आप्रवासीहरू, र अदालतमा लागि गएका शरणार्थीहरूलाई समेत गिरफ्तार गरिएको छ।

यसै क्रममा, म्यासाचुसेट्समा भलिबल अभ्यासका लागि जाँदै गरेका १८ वर्षीय ब्राजिली विद्यार्थी मार्सेलो गोम्स पनि गिरफ्तार भए पनि उनलाई धरौटीमा रिहा गरिएको छ ।

यो सबै ट्रम्प प्रशासनले बाइडनको समयको ” नरम ” आप्रवासन नीतिको उल्टो दिशा लिंदै व्यापक गिरफ्तारीको नीति अघि सारेको स्पष्ट सङ्केत हो। अब आइसिइले केवल अपराधी मात्र होइन, कागजपत्रविहीन आम आप्रवासीलाई पनि निशाना बनाइरहेको छ।

प्रतिक्रिया