इरानका सर्वोच्च नेताद्वारा सिरियाका असदको पतनमा इजरायल र अमेरिकाको हात रहेको आरोप

इनेप्लिज २०८१ मंसिर २६ गते १२:०० मा प्रकाशित

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सिरियाका असदको पतनमा इजरायल र अमेरिकाको हात रहेको आरोप लगाएका छन् ।

“प्राथमिक परिकल्पनाकार र षड्यन्त्रकारीहरू संयुक्त राज्य अमेरिका र यहूदीबाद शासनमा रहेको खामेनीले बुधबार पहिलो सार्वजनिक टिप्पणीमा भने। उनले अगाडी भने सिरियाको राजधानी डमास्कसमा विद्रोहीहरू प्रवेश गरे र पूर्व राष्ट्रपतिलाई निर्वासन गर्न बाध्य पारे ।

खामेनीले दावीको कुनै प्रमाण प्रस्तुत गरेनन् तर भने: “हामीसँग यसको प्रमाण छ। यो प्रमाणले कसैलाई शंका गर्ने ठाउँ छोड्दैन। ”

इरान असद शासनको कट्टर समर्थक हो । गृहयुद्धको समयमा असदलाई पूर्ण सहयोग गरेको थियो। उनको पतनले इरानलाई यस क्षेत्रमा कमजोर बनाएको छ । खामेनीले सिरियाको “छिमेकी” को प्रभावलाई पनि उल्लेख गरे जसले असदलाई हटाउन “स्पष्ट भूमिका” खेलेको बताए।

प्रतिक्रिया