इजरायलले सिरियामा ४८० पटक हमला गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मध्यपूर्वको मुहार परिवर्तन गर्ने वाचा गरेपछि भूभाग कब्जा गरेको सिएनएनले जनाएको छ ।
असद शासनको पतन पछि इजरायलले सिरियाभरि सैन्य लक्ष्यहरूमा हवाई आक्रमणहरू सुरु गरेको । ५०वर्षमा पहिलो पटक मध्यवर्ति क्षेत्र र बाहिर सेनाहरू तैनाथ गरेको छ।
इजरायली सेनाले गत दुई दिनमा देशभरि ४८० वटा हमला गरेको जनाएको छ । सिरियाको रणनीतिक हतियारको भण्डारमा प्रहार गरेको जनाएता पनि रक्षा मन्त्री इजरायल काट्जका अनुसार इजरायली नौसेनाले रातारात सिरियाली जहाजलाई ध्वस्त पारेको छ ।
एक दिन अघि नेतान्याहुले बसर अल-असदको शासनको पतनलाई “नयाँ र नाटकीय अध्याय” भनेर स्वागत गरेका थिए।
“सिरियाली शासनको पतन हामीले हमास, हेजबुल्लाह र इरानलाई प्रहार गरेको गम्भीर प्रहारको प्रत्यक्ष परिणाम हो,” उनले सोमबार एक दुर्लभ पत्रकार सम्मेलनमा भने। मैले वाचा गरे अनुसार हामी मध्य पूर्वको अनुहार परिवर्तन गर्दैछौं।
इजरायलले रासायनिक हतियार भण्डार र लामो दुरीका क्षेप्यास्त्रहरू “चरमपन्थीहरूको हातमा” पर्नबाट जोगाउन सिरियाली सैन्य सुविधाहरूमा बमबारी गरिरहेको सोमबार पत्रकारहरूलाई विदेशमन्त्री गिडोन सा’रले बताएका थिए ।
प्रतिक्रिया