सिरियाका पूर्व प्रधानमन्त्री डमास्कस बैठकमा विद्रोही सेनालाई सत्ता हस्तान्तरण गर्न सहमत

इनेप्लिज २०८१ मंसिर २५ गते १२:३४ मा प्रकाशित

सिरियाका पूर्व प्रधानमन्त्री डमास्कस बैठकमा विद्रोही सेनालाई सत्ता हस्तान्तरण गर्न सहमत भएका छन् ।

सिरियाली विद्रोही समूह हयात तहरीर अल-शामका नेताले सत्ता हस्तान्तरणबारे छलफल गर्न असद सरकारका निवर्तमान प्रधानमन्त्रीसँग भेट गरेका छन्।

विद्रोहीहरूले गत सोमबार साझा गरेको श्रब्यदृश्य (भिडियो)मा मुख्य विद्रोही समूह एचटीएसका नेता अबु मोहम्मद अल-जोलानी र एचटीएस-सम्बन्धित साल्भेसन सरकारका प्रधानमन्त्री मोहम्मद अल-बशीरले निवर्तमान प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीसँग भेट गरेको देखाइएको छ।

विद्रोहीहरूले बैठक सिरियामा हाम्रा जनतालाई सेवाहरूको प्रावधान सुनिश्चित गर्ने तरिकामा शक्ति हस्तान्तरणको समन्वय गर्न आवश्यक भएको बताए ।

संक्रमणकालीन प्रधानमन्त्रीको निर्णय भएको छैन । जोलानी, मोहम्मद अल–बसिर र वर्तमान प्रधानमन्त्रीबीच वार्ता भएको स्रोतले सीएनएनलाई बताएको समाचार लेखेको छ ।

प्रतिक्रिया