युनाइटेड हेल्थकेयरका प्रमुखका हत्यारा लुइगी म्यांगिओन मेरिल्याण्ड निवासी ,नयाँ तस्बिर सार्वजनिक

इनेप्लिज २०८१ मंसिर २५ गते ११:४५ मा प्रकाशित

युनाइटेड हेल्थकेयरका प्रमुख कार्यकारी अधिकारी (सिइओ) ब्रायन थम्पसनको हत्यारा लुइगी माङ्गिओन मेरिल्याण्ड निवासी भएको प्रहरीले बताएको छ । मेरिल्याण्ड मै जन्मिएका र हुर्किएका उनि फिलाडेल्फिया पेनसेल्भेनियाबाट स्नातक गरेको प्रहरीले जनाएको छ ।

साथै नयाँ तस्बिर सार्वजनिक गरिएको छ । २६ वर्षीय युवकलाई सोमबार पेन्सिल्भेनियाको म्याकडोनाल्डमा पक्राउ गरिएको हो । युनाइटेड हेल्थकेयरका प्रमुख थम्पसनको घातक गोलाबारीको सम्बन्धमा लुइगी माङ्गिओननले न्यूयोर्कमा दोस्रो श्रेणीको हत्याको आरोपको सामना गर्नुपरेको न्यूयोर्क प्रहरी आयुक्त तथा गत सोमबार दायर गरिएको अदालतका कागजातमा जनाईएको छ ।

उक्त २६ वर्षीय युवकलाई हतियार बोकेको, नक्कली हतियार राखेको र आपराधिक हातहतियार राखेको अभियोग पनि लगाइएको छ ।

नक्कली उपकरण ,नक्कली न्यूजर्सीको चालक अनुमति पत्र (ड्राइभर लाइसेन्स) मा उनीबाट पाइएको छ । उनलाई न्यूयोर्कमा सुपुर्दगी गर्न पेन्सल्भेनिया सुधार विभागको हिरासतमा हाल राखिएको छ ।

म्यानह्याटन जिल्ला सरकारी वकिलको कार्यालयले आरोपको पुष्टि गरेको छ। उनि पछिको मितिमा न्यु योर्कको अदालतमा उपस्थित नभएसम्म उनीहरूलाई बुझाउने अदालतको अभिलेखहरू खोलिने छैन।

न्यूयोर्कको आरोप माङ्गिओनलाई पेन्सिलभेनियाको अल्टोनामा पक्राउ गरिएको केही घण्टापछि आएको हो। पेन्सिलभेनिया सुधार विभागले सोमबार साँझ मङ्गियोनको कैदी पोशाकमा तस्बिर सार्वजनिक जारी गर्‍यो।

पेन्सिल्भेनियामा भएको आपराधिक उजुरीका अनुसार उनलाई अनुमति (लाइसेन्स बिना )बिना बन्दुक बोक्ने, जालसाजी गर्ने, अधिकारीहरूलाई झूटो पहिचान दिने र “अपराधका उपकरणहरू” राख्ने लगायत पाँचवटा अपराधको अभियोग लगाइएको छ ।

उनको गिरफ्तारीको समयमा उनिबाट धेरै हस्तलिखित पृष्ठहरू पनि बरामद भएका छन् । उक्त पन्नाहरूमा युनाइटेड हेल्थकेयरको नाम उल्लेख गरिएको छ एबीसी न्यूजले जनाएको छ ।

प्रतिक्रिया