मेटा र युट्युबले युनाइटेड हेल्थकेयरका प्रमुखका हत्यारा लुइगीको खाता हटाए

इनेप्लिज २०८१ मंसिर २५ गते १:३३ मा प्रकाशित

सामाजिक संजाल मेटा (फेसबुक) तथा युट्युबले सोमबार युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकारी (सीईओ) ब्रायन थम्पसनका हत्यारा लुइगी म्यान्गिओनको फेसबुक खाता र इन्स्टाग्राम खाता हटाएको छ ।

हटाए पछि मेटाका प्रवक्ताले सीएनएनलाई पुष्टि गरे। त्यस्तै युट्युबले संदिग्ध हत्यारा र नक्कल गर्ने व्यक्तिसँग सम्बन्धित च्यानलहरू हटाएको गुगलले जनाएको छ ।

युट्युबले सोमबार युनाइटेड हेल्थकेयरका प्रमुख थम्पसनको हत्यामा संदिग्ध लुइगी म्यान्गिओनसँग सम्बन्धित तीन च्यानल(माध्यम)हरू हटाएको छ, साथै एउटा माध्यम (च्यानल )जुन सोमबार उनको हो जस्तो देखाउन परिवर्तन गरिएको थियो, गुगल नीति सञ्चार प्रबन्धक ज्याक मालोनले सिएनएनलाई पुष्टि गरे ।

मालोनले उनले सात महिनासम्म कुनै पनि सामग्री प्रकाशन नगरेको बताए । अर्को च्यानललाई युट्युबको अरुको नक्कल गर्नेनीतिहरू उल्लङ्घन गरेको कारण हटाइयो।

प्रतिक्रिया