इजरायलले सिरियामा हतियार प्रणाली र रासायनिक हतियार क्षमतामा प्रहार गरेको विदेशमन्त्रीले बताएका छन् ।
इजरायलको सेनाले सिरियामा “रणनीतिक हतियार प्रणाली, अवशेष रासायनिक हतियार क्षमताहरू र लामो दूरीको क्षेप्यास्त्र र प्रक्षेपास्त्रहरू” लाई अतिवादी समूहहरूको हातमा पर्न नदिन आक्रमण गरेको विदेश मन्त्री गिडोन सारले सोमबार बताए ।
सारले एक पत्रकार सम्मेलनमा इजरायल रक्षा बल ( इजरायल डिफेन्स फोर्स -आईडीएफ) ले सिरियाबाट अक्टोबर ७ मा भएको आक्रमण जस्ता परिदृश्यलाई रोक्न सीमा नजिक रणनीतिक क्षेत्रहरूमा अस्थायी र केन्द्रित नियन्त्रण लिएको जनाए ।
“सिरियामा इरानको कब्जा समाप्त भएको छ,” सारले भने। असद लामो समयदेखि आफ्नै जनताको समर्थन भन्दा विदेशी सेनामा भर परेका थिए । उनको शासनको अन्त्य अचम्मको कुरा हुनु हुँदैन, विदेशमन्त्रीले भने ।
इरानले सम्पूर्ण क्षेत्रलाई नियन्त्रण गर्न सक्छ भन्ने सोच्यो तर ठूलो झट्का खाएको छ । सारले सिरियामा अल्पसंख्यकहरूको संरक्षण सुनिश्चित गर्न महत्त्वपूर्ण छ । कुर्द, ड्रुज, इसाई र अलावाइटहरू अल्पसंख्यकमा रहेका छन् ।
सिएनएनका अनुसार सारले टर्की समर्थक विद्रोही गुटहरूले गत हप्तादेखि उत्तरी सिरियामा कुर्दहरूमाथि आक्रमणहरू बन्द गरिनु पर्ने पनि बताए।
प्रतिक्रिया