पुटिनले असदलाई रुसमा शरण दिने घोषणा गर्ने

इनेप्लिज २०८१ मंसिर २४ गते ११:३६ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सत्ताच्युत भएका सिरियाली राष्ट्रपति बसर असदलाई राजनीतिक शरण दिने क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले सोमबार पत्रकारहरूलाई जानकारी दिए।

“निस्सन्देह, त्यस्ता निर्णयहरू राष्ट्र प्रमुख बिना हुन सक्दैन,” पेस्कोभले भने ।

“हामीसँग अहिले असदको ठेगानाको बारेमा तपाईहरुलाई भन्नको लागि केहि छैन,” पेस्कोभले भने । उनले पुटिन र असद बीच कुनै आधिकारिक बैठकको योजना नभएको बताए ।

प्रतिक्रिया