असाद “सम्भवतः सिरिया बाहिर छन्,” टर्कीका विदेशमन्त्री

इनेप्लिज २०८१ मंसिर २३ गते ११:३८ मा प्रकाशित

सिरियाली राष्ट्रपति बसर अल-असद “सम्भवतः सिरिया बाहिर छन्,” टर्कीका विदेशमन्त्रीले आइतवार भने।

कतारको दोहामा भएको पत्रकार सम्मेलनमा सिएनएनका क्रिष्टियन अमानपुरले असद कहाँ छन् भनी प्रश्न गर्दा हकन फिदानले भने, “म त्यसमा टिप्पणी गर्न सक्दिन, सायद सिरिया बाहिर।”

असद कहा छन् भन्ने जानकारी अझै विवादास्पद रहेको सिएनएनले बताएको छ । एक पूर्वी युरोपेली सँस्थाका अनुसार उनी आफ्नो तटीय गढ लटाकियामा छन्।

आइतबार बिहान विद्रोहीहरू सिरियाको राजधानी डमास्कस प्रवेश गरेपछि सिरियाली नेतालाई सार्वजनिक रूपमा देख्न सकिएको छैन। सिरियाका जनतामा खुसी छाएको छ । बिहानै देखि सडकमा खुसी हुदै बजार परिक्रमा गरि रहेका छन् ।

प्रतिक्रिया