डिएमभी युथ एकडेमीद्वारा आयोजित किड्स इन्डोर सकर २०२४ कार्यक्रम एक अविस्मरणीय र सफल अनुभव बन्यो। ७ डिसेम्बर २०२४ मा साउथ रन रिक्रिएसन सेन्टर स्प्रिंगफिल्ड भर्जिनियामा भएको यस कार्यक्रमले ५ देखि १६ वर्ष उमेरका बालबालिकाहरूसँग रमाइलो र शैक्षिक अनुभव प्रदान गर्यो।
कार्यक्रम बिहान १०:३० बजे सुरु भएको थियो भने १२:०० बजे समाप्त भयो ।
यो कार्यक्रमले बालबालिकाहरूलाई खेलकुदमा सक्रिय पार्ने, फुटबलका आधारभूत सीप सिकाउने र आत्मविश्वास बढाउने अवसर प्रदान गर्यो। केटा र केटी दुवैलाई समान अवसर दिइएको यस कार्यक्रममा सबै सहभागी बालबालिकाहरूले रमाइलो वातावरणमा खेलकुदमा आफूलाई व्यक्त गर्न सके।
साथै अवलम्बी अभिभावकहरूको समर्थन र कोच तथा बोर्ड सदस्यहरूको कडा मेहनतले कार्यक्रमलाई सफलता दिलाउन ठूलो भूमिका निभायो। अभिभावकहरूलाई चिया, कफी, डोनट्स, केरा र पानी जस्ता निःशुल्क पेय पदार्थ र खाजा प्रदान गरिएको थियो, जसले सबैलाई आरामदायक र ताजगीपूर्ण बनायो।
कार्यक्रमको दौरान मैदानमा हर्षोल्लासको माहोल थियो। सहभागीहरूलाई फुटबलको प्रशिक्षण र खेल खेल्नका लागि पर्याप्त अवसर मिल्यो। कार्यक्रमको विशेषता भनेको यहाँका सबै सहभागीहरूले नेपाली भाषामा खुशीका साथ कुराकानी गर्दै, एकता र सामूहिकता महसुस गरेका थिए।
अन्तिममा डिएमभी युथ एकडेमीका आयोजक टीमलाई यस कार्यक्रमको सफलतामा महत्वपूर्ण योगदान पुर्याएकोमा धन्यवाद। यस कार्यक्रममा सहभागी सबैलाई धेरै धन्यवाद र हामी भविष्यमा यस्ता सफल कार्यक्रमहरूको आयोजनामा निरन्तर लाग्नेछौं।
प्रतिक्रिया