महासंघलाई चाहिने अब्बल र दूरदर्शी नेतृत्व

इनेप्लिज २०८१ मंसिर २२ गते १३:५० मा प्रकाशित

समाज परिवर्तन गर्न र देश समृद्ध बनाउन आम मानिसको चेतनाको स्तर पनि माथि उठ्नु पर्छ । यसका लागि राज्य र अन्य जिम्मेवार निकायका प्रमुख ब्यक्ति ईमानदार, अध्ययनशील, नेतृत्व क्षमतामा अब्बल र दूरदर्शी हुन जरुरी छ । नेपालमा परिस्थितिको समालोचना गर्नेहरु राज्य सन्चालनका लागि काम गर्ने निकायका प्रमुखहरुमा यी माथिका गुणहरुको सख्त अभाव देख्छन । यो नै समस्या हो भन्छन । त्यसैले कुनै निकायको प्रमुख छनोट गर्दा एकदम होस पुर्याउनु पर्छ । यस्तै एक गहन जिम्मेवारी लिएको संस्थाले यही मंशिर २८ गते अर्थात डिसेम्बर १३ तारिक शुक्रबार निर्बाचनबाट आफ्नो नेतृत्व चयन गर्दैछ । त्यो संस्था हो -नेपाल पत्रकार महासंघ । यस दिन महासंघ केन्द्र, प्रदेश र जिल्लामासमेत नेतृत्व चयन हुदैछ ।

नेपालका पत्रकारहरुको छाता संगठन हो नेपाल पत्रकार महासंघ । यसको स्थापना मार्च २९ १९५६मा भएको थियो । हुन त स्थापना नै महाँसँघबाट भएको हैन । स्थापना नेपाल पत्रकार सँघ बाट भयो । पछि यसका जिल्ला शाखाहरु बने । ठूला सञ्चार गृहभित्र यसका ईकाईहरु गठन भए । त्यस पछि सन १९९५ मा महासंघ बन्यो । हाल देशमा संघीयता लागू भएपछि महाँसंघका प्रदेश शाखाहरु पनि बनेका छन । यसरी महासंघ नेपाली भाषी संचारकर्मीको मूल घर हो । यसको नेतृत्व घरमूली हो ।

यसको विरुद्ध प्रेस स्वतन्त्रताका लागि विभिन्न मोर्चाहरुमा उभिएर संघर्षको विकुल फुक्ने योद्धा हुन निर्मला शर्मा । निर्मला एक बौद्धिक र संघर्षशील सञ्चारकर्मी मात्र हैन लैंगिक अधिकारकी अभियान्ता पनि हुन ।

पत्रकारितालाई देशको चौथो अंग मानिन्छ । जसरी देश हुनलाई कार्य पालिका, न्यायपालिका र व्यबस्थापिका अपरिहार्य हुन्छ त्यसै गरी यी तीन पछि त्यत्तिकै जिम्मेवार अंग हो पत्रकारिता । यसलाई यसलाई समाज र देशको ऐना पनि मानिन्छ । देश भित्र के छ र यो कता जाँदैछ भन्ने यसले देखाउछ । त्यसैले भनिन्छ – ऐना नै टुटेफुटेको मैलो फोहोर भएमा दुनिया धमिलो देखिन्छ । परिणाम दीग्भ्रम हुन्छ । मानिसहरुले कुन सही कुन गलत केही छुट्याउन सक्दैनन । अहिले नेपालमा यो अवस्था आउन लागेको भनेर त्रसित छन । समय नभड्किदै यसलाई सफा गर्नु पर्छ , मर्मत गर्नु पर्छ ।

महासँघको निर्वाचन आउदै गर्दा स्वच्छ, निश्पक्ष र दूरदर्शी नेतृत्व चयन गर्न त्यो योग्यता भएको ब्यक्तित्वको खोजि भइरहेको छ । अबको नेतृत्वको अगाडि अरु पनि थुप्रै ज़िम्मेवारी छन । आम पत्रकारहरुसंग सामाजिक सञ्जालले थिलथिलो बनाएको सूचना र सञ्चारको विश्वमा स्चच्छ हावा बहाउने ठूलो चुनौती छ । अर्को तर्फ नयाँ नयाँ प्रविधिको आविष्कार र विकासले मिडियाकर्मीको क्षमता अभिवृद्धि र स्तर उन्नतीमा लाग्न ढिला हुदै गएको छ । यो पनि नयाँ आउने नेतृत्वका लागि अग्लो पहाड जस्तै चुनौती हो ।

यसै गरी राजनीतिमा आएको विकृति र अस्थिरताले गर्दा विभिन्न स्वार्थ समूहहरुको जन्म भएको छ । यस्ता समूह जहिलै पनि देशका ठूला शक्तिहरुलाई बिखण्डित र कमजोर देखाएर आफू स्थापित हुन र निहित स्वार्थ पूरा गर्न लागि परेका हुन्छन । त्यस्ता तत्वहरुबाट सूचना र स ञ्चार जगतलाई बचाएर निश्पक्षताका लागि खम्बा भएर उभिनु नयाँ नेतृत्वका सामु अर्को चुनौती हो ।

अहिलेको यो परिस्थितिमा मैदानमा देखिएका उमेद्वारमध्ये माथि उल्लेखित योग्यता भएका र माथि उल्लेखित चुनौतीहरुको सामना गर्ने सामर्थ्य राख्ने ब्यक्तिको चयन गर्नु छ । यो आम नेपाली पत्रकारहरुको अगाडि उभिएको “कन्फ्युजन”को पहाड़ हो । यसमा म हाल देखिएका उमेदवारहरुको बारेमा क्रमशः संक्षिप्त जानकारी गराउने जमर्को गर्दै छु ।

निर्मला शर्मा – एक दलीय पञ्चायती शासन पद्धति जुन राजाले आफ्नो परोक्ष नेतृत्वमा चलाउने गर्थे, राजनीतिक दलहरु प्रतिबन्धित थिए, वाक तथा प्रकाशन स्तन्त्रता थिएन । यसको विरुद्ध प्रेस स्वतन्त्रताका लागि विभिन्न मोर्चाहरुमा उभिएर संघर्षको विकुल फुक्ने योद्धा हुन निर्मला शर्मा । निर्मला एक बौद्धिक र संघर्षशील सञ्चारकर्मी मात्र हैन लैंगिक अधिकारकी अभियान्ता पनि हुन । उनी हजारौंलाई लेख्न प्रेरित गर्ने सञ्चारिका गुरु पनि हुन । तुलनात्मक रुपमा समय सापेक्ष नेतृत्वका लागि योग्य उमेदवार हुन । आफ्नो क्षमतालाई समय अनुसार बढाउने सामर्थ्य भएकी सक्षम नेतृ हुन निर्मला । पत्रकाहरुले आगामी कार्यकालका लागि योग्य नेतृत्व चयन गर्ने छन भन्ने मेरो विश्वास । यसै गरी अर्का उमेदवार रमेश विष्टको बारेमा अर्को एपिसटमा लेख्दै जानेछु ।

प्रतिक्रिया