अमेरिकामा नोभेम्बरमा २ लाख २७ हजारले रोजगारी पाएका छन्।
बेरोजगारी दर अघिल्लो महिनाको तुलनामा ४.१ % बाट ४.२ % मा बृद्धि भएको छ ।
फ्याक्टसेट नामक सॅस्थाले गरेको सर्वेक्षणका अर्थशास्त्रीहरूका अनुसार अमेरिकाले गत महिना २,००,००० रोजगारी थप्ने प्रक्षेपण गरेको थियो। बेरोजगारी दर ४.१ % मा स्थिर रहने अपेक्षा गरेको थियो।
नोभेम्बरमा कामदारको संख्या स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी क्षेत्र र सामाजिक सहायतामा बढेको श्रम तथ्याङ्क ब्यूरो( बिभाग) ले जनाएको छ ।
प्रतिक्रिया