निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले डेभिड ओ. स्याक्सलाई व्हाइट हाउसको एआई तथा क्रिप्टो जारमा नियुक्त गरेका छन् । उनले बिहिबार आफ्नो सामाजिक संजाल मार्फत उक्त पदमा नियुक्त गरेको बताएका छन् ।
उनले स्याक्सलाई नियुक्त गर्न पाउँदा खुसी लागेको जनाएका छन् । डेभिडले अमेरिकी प्रतिस्पर्धाको भविष्यका लागि महत्वपूर्ण दुई क्षेत्रहरू आर्टिफिसियल इन्टेलिजेन्स र क्रिप्टोकरेन्सी अर्थात् कृतिम बुद्धिमत्ता तथा गुप्त मुद्रामा प्रशासनको लागि नीति निर्देशन गर्ने बताए ।
डेभिडले अमेरिकालाई दुवै क्षेत्रमा स्पष्ट विश्वव्यापी रुपममा अग्रणी बनाउने कुरामा ध्यान दिनेछन्। उनले स्वतन्त्र बिधुतिय भाषणको सुरक्षा गर्ने र, र हामीलाई बृहत शिल्प बिज्ञानमा पूर्वाग्रह र नियन्त्रण (सेन्सरशिप)बाट टाडा लैजाने छन् ।
डेभिडले विज्ञान र प्रविधिका लागि राष्ट्रपतिको सल्लाहकार परिषद्को नेतृत्व गर्ने बताए । सिएनएनका अनुसार ट्रम्प जो एक पटक क्रिप्टो शंकालु थिए तर अहिले त्यसपछि यसलाई स्वीकार गरेका छन् ।
ट्रम्पले स्याक्सले विज्ञान र प्रविधिका लागि राष्ट्रपतिको सल्लाहकार परिषद्को नेतृत्व गर्ने पनि बताए। स्याक्स लोकप्रिय “अल-इन” पोडकास्टको सह-प्रस्तोता हुन्जु। गत जुनमा ट्रम्पको अन्तर्वार्ता लिएका थिए।
प्रतिक्रिया