क्यालिफोर्नियामा ७.० परिमाण(म्याग्निच्युड)को भूकम्प गएको छ भने सुनामीको चेतावनी सिविएसन्यूजले जनाएको छ ।
बिहीबार बिहान हम्बोल्ट काउन्टीको तटमा ठूलो भूकम्प गएको छ। उत्तरी तटको भागमा सुनामीको चेतावनी दिएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बिहान १०ः४४ बजेतिर प्रशान्त महासागरको क्यालिफोर्नियाको पेट्रोलियाको पश्चिममा भूकम्प गएको हो । युरेकाको ४५ माइल दक्षिणपश्चिममा सुनामीको चेतावनी जारी गरिएको छ ।
भूकम्पलाई प्रारम्भिक रूपमा ६.६ परिमाण(रेक्टर स्केल) रूपमा दर्ता गरिएको थियो तर युएसजिएसले पछि यसलाई ७.० मा अध्यावधिक गरेको छ।
७.० भूकम्प गएको केही मिनेट पछि धेरै अन्य परकम्पनहरु गएका छन्।
प्रतिक्रिया