अमेरिकी सेनाका उच्च अधिकारीहरुद्वारा एक महिलाको हत्या गरी शवलाई चिहानमा गाडेको आशंकामा व्यक्तिको खोजी जारी,५ हजार डलरको इनाम

इनेप्लिज २०८१ मंसिर १९ गते १२:३० मा प्रकाशित

अमेरिकी सेनाका उच्च अधिकारी( मार्शल)हरुले एक २९ बर्षिय महिलाको हत्या गरी शवलाई चिहानमा गाडेको आशंकामा व्यक्तिको खोजी जारी राखेका छन । अमेरिकी मार्शलहरूले गेभनि ओटेरोको जानाकरी दिनेलाई ५ हजार डलरको इनाम प्रस्ताव राखेको एबिसीन्यूजले जनाएको छ ।

अमेरिकी सेनाका उच्च अधिकारीहरू एक जना पुरुषको खोजीमा रहेका छन् । जुन उनीहरूले २९ वर्षीया महिलालाई मारेको र त्यसपछि उनको शवलाई कम गहिरो चिहानमा गाडेको अधिकारीहरूले बताएका छन्।

यूएस मार्शल सेवा पूर्वी पेन्सिलभेनिया हिंसात्मक अपराध फरार कार्यबलले २९ बर्षीय ओटेरोलाई पत्ता लगाउन जनताको सहयोगको लागि अनुरोध गरिरहेको छ ।

अधिकारीहरूले उनको गिरफ्तारीको लागि हत्याको लागि पक्राउ पूर्जी जारी गरेका छन् ।

“नोभेम्बर २७ मा, फिलाडेल्फिया प्रहरीविभागद्वारा हत्याको पक्राउ पूर्जी र सम्बन्धित आरोपहरू जारी गरिएको थियो । ओटेरोलाई नोभेम्बरको सुरुमा २९ वर्षीया मेलोडी रिभेराको हत्या गरेको अभियोग लगाइएको छ।

ओटेरो करिब ५ फिट १० इन्च अग्लो र १७५ पाउण्ड तौल भएको अधिकारीहरूले बताएका छन्। ओटेरोलाई आधिकारिक रूपमा मेलोडी रिवेराको हत्याको आरोप लगाइएको छ।

प्रतिक्रिया