ट्रम्पद्वारा फ्लोरिडाका शेरिफ चाड क्रोनिस्टरलाई औषधि प्रवर्तन प्रशासनको प्रमुखमा नियुक्त गरेको ३ दिन पछि नाम फिर्ता लिए

इनेप्लिज २०८१ मंसिर १९ गते २:३९ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हिल्सबरो काउन्टीका शेरिफ चाड क्रोनिस्टरलाई ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन अर्थात् औषधि प्रवर्तन प्रशासनको प्रमुखमा मनोनीत गरेको घोषणा गरेको ३ दिन पछि क्रोनिस्टरले आफ्नो नाम फिर्ता लिएका छन् ।

क्रोनिस्टरले मंगलबार साँझ उक्त मनोनित पदबाट पछि हटेका छन् । उनले ट्रम्पको घोषणा गरेको तीन दिन पछि अर्को डिएए प्रशासक हुन ट्रम्पको योजनाबद्ध नामांकन अस्वीकार गर्ने बताए। उनको छनोटलाई फ्लोरिडाका रिपब्लिकनहरूको साथै फ्लोरिडाका गभर्नर रन डिसेन्टिस सहित व्यापक रूपमा प्रशंसा गरेका थिए।

“राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पद्वारा प्रशासकको रूपमा सेवा गर्न मनोनीत हुनु जीवनभरको सम्मान हो,” क्रोनिस्टरले मंगलबार साँझ सामाजिक संजाल एक्समा लेखे। मैले सम्मानपूर्वक यो पदको लागि पछि हट्नु पर्छ भन्ने निष्कर्षमा पुगेको छु ।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा गत शनिबार एक प्रकाशनमा क्रोनिस्टरले ट्याम्पा फ्लोरिडा क्षेत्रमा ३२ वर्ष भन्दा बढी सेवा गरिसकेका बताएका थिए । उनि महान्यायाधिवक्ता पाम बोन्डीसँग काम गर्ने र अमेरिकी-मेक्सिको सीमा सुरक्षित गर्न मद्दत गर्ने भूमिका निर्वाह गर्ने बताएका थिए ।

उनको पदलाई पनि सिनेटले अनुमोदन गर्नु पर्ने जरुरी थियो ।

क्रोनिस्टरलाई सन् २०१७ मा फ्लोरिडाका तत्कालीन गभर्नर रिक स्कटद्वारा हिल्सबरो काउन्टी शेरिफको कार्यालयको नेतृत्व गर्न नियुक्त गरिएको थियो । उनि दुई पटक त्यहाँ निर्वाचित भएका छन्।

उनले सेन्ट लियो विश्वविद्यालयबाट आपराधिक न्यायमा विज्ञानमा स्नातक र स्नातोकत्तर (मास्टर डिग्री )लिएका छन् । साथै एफबीआई राष्ट्रिय प्रतिष्ठान (नेशनल एकेडेमी)को २६० औं सत्रका स्नातक हुन्।

प्रतिक्रिया