पेन्सिलभेनियामा बेपत्ता भएकी बृद्ध महिला जमिन भासिएको खाल्डोमा खसेको हुन् सक्ने , खोजी कार्य जारी

इनेप्लिज २०८१ मंसिर १९ गते २:०५ मा प्रकाशित

अमेरिकाको पेन्सिलभेनिया राज्यमा बेपत्ता भएकी बृद्ध महिला जमिन भासिएको खाल्डोमा खसेको हुन् सक्ने प्रहरीले बताएका छन् । उनको खोजी कार्य जारी तीब्र रुपमा संचालनमा रहेको एबिसीन्यूजले जनाएको छ ।

लिजाबेथ पोलार्डको खोजी र उद्धार अभियान चलिरहेको छ। उनले आफ्नो बिरालो खोज्दै गर्दा हराएकी पेन्सल्भेनियाकी हजुरआमा गहिरो सिन्खोल(खाल्डो)मा खसेको विश्वास गरिएको अधिकारीहरूले भने।

पोलार्डको खोजीको लागि युनिटी उपनगरमा खोजी र उद्धार अभियान चलिरहेको पेन्सिलभेनिया राज्य प्रहरीले मंगलबार बताएको छ । पोलार्डलाई परिवारका सदस्यले मंगलबार बिहान १ बजेदेखि बेपत्ता भएको खबर गरेका थिए।

पोलार्ड अन्तिम पटक साँझ ५ बजे देखिएकी थिइन् । परिवारका सदस्यका अनुसार हजुरआमा सोमबार दिउँसो उनको बिरालो खोज्न बाहिर गए देखि उनि कही देखिएकी छैनन्।

पोलार्डको गाडी मंगलबार बिहान ३ बजेभन्दा केही समय अगाडि उनको ५ वर्षीया नातिनीसहित भित्र रहेकी थिइन् यद्यपि पोलार्ड कतै फेला परिनन् ,प्रहरी स्टिभी लिमानीले भने।

उक्त क्षेत्रमा पोलार्डको खोजी गर्दा सेनाले गाडीबाट १५ देखि २० फिट टाढा ठूलो खाल्डो भेट्टाएको लिमानीले भने।

आपतकालिन प्रतिक्रियाकर्ताहरूलाई घटनास्थलमा बोलाइएको र हाल उद्धार अभियान चलाईएको अधिकारीहरूले बताए । पेनसेलभेनिया राज्य वातावरण संरक्षण विभागका अनुसार।खाल्डो (सिङ्कहोल) प्रारम्भिक रूपमा एक परित्याग गरिएको भूमिगत कोइला खानीमा ऐतिहासिक खानीसँग जोडिएको विश्वास बताएका छन् । जुन अन्तिम पटक १९५२ मा सञ्चालन गरिएको थियो। यस क्षेत्रमा कोइला क्षेत्रको गहिराई करिब २० फिट रहेको विभागका प्रवक्ताले बताए ।

रातभरिको चिसो तापक्रमको बाबजुद पोलार्डकी नातिनी सकुशल छिन् र हाल आफ्ना आमाबुवासँग छिन्, लिमानीले भने।

प्रतिक्रिया