ट्रम्पद्वारा आफ्ना ज्वाई जेरेड कशनरका बुबा चार्ल्स कसनरलाई फ्रान्सका लागि राजदूतमा छनौट

इनेप्लिज २०८१ मंसिर १६ गते १३:४४ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाई जेरेड कशनरका बुबा चार्ल्स कसनरलाई फ्रान्सका लागि राजदूतमा छनौट गरेका छन् ।

ट्रम्पले शनिबार उनले घर जग्गा विकासकर्ता चार्ल्स कशनर र उनका ज्वाई जेरेड कसनरका बुबालाई फ्रान्सका लागि राजदूतमा मनोनयन गर्ने बताएका छन्।

“उनी एक उत्कृष्ट व्यवसायी नेता,परोपकारी र सम्झौताकर्ता हुन्, जो हाम्रो देश र देशको हितको प्रतिनिधित्व गर्ने बलियो अधिवक्ता हुनेछन्,” ट्रम्पले कशनरलाई राजदूतको रूपमा सेवा गर्ने भन्दै आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा लेखेका छन् ।

ट्रम्पले उनलाई चार्लीको सम्बोधन गर्दै उनकी पत्नी सिरिल, उनीहरूका ४ छोराछोरी र १४ जना नातिनातिनाहरूलाई बधाई समेत दिएका छन् ।

निर्वाचित राष्ट्रपतिकी छोरी इभान्का ट्रम्पसँग विवाह गरेका ट्रम्पका ज्वाइँ जेरेड कसनरले आफ्नो पहिलो प्रशासनमा गरेको कामलाई प्रकाश परेका छन् ।

सन् २००५ मा चार्ल्स कशनरलाई कर छली, साक्षी लुकाउनेर अवैध अभियान चन्दा बनाउने १८ वटा गणनामा दोषी ठहरिएपछि एक याचिका सम्झौताको भागको रूपमा दुई वर्षको कारागार सजाय सुनाइएको थियो।

कश्नर माथि मुद्दा चलाइएको थियो। अधिवक्ता क्रिस क्रिस्टी जो पछि न्यु जर्सीको गभर्नर र ट्रम्पको प्रमुख शत्रु बने। क्रिस्टीले २०१६ र २०२४ को रिपब्लिकन प्राथमिक निर्वाचनमा ट्रम्प विरुद्धमा लडेका थिए ।

सन् २०१९ मा उनी गभर्नर हुँदा क्रिस्टीले कशनरको मुद्धालाई “मैले अभियोग लगाएको सबैभन्दा घिनलाग्दो, घृणित अपराधहरू मध्ये एक हो … र म न्यू जर्सीमा अमेरिकी वकिल थिएँ भनि लेखेको एनबिसीन्यूजले लेखेको छ ।

सन् २०२० मा ट्रम्पले चार्ल्स कशनरलाई माफी (पार्डन ) दिएका थिए ।

प्रतिक्रिया