न्यूयोर्कबाट पेरिस सम्म लुकेर यात्री गर्ने एक महिलालाई शनिबार अमेरिका फर्किनबाट हटाइयो

इनेप्लिज २०८१ मंसिर १६ गते २:२३ मा प्रकाशित

यस हप्ताको सुरुमा न्युयोर्क शहरबाट पेरिसको लागि डेल्टा एयरलाइन्स(बिमानसेवा)को उडानमा बोर्डिङ पास( हवाई जहाज प्रवेश पत्र )बिना छिर्ने एउटी महिलालाई उड्नु गडबडी सिर्जना गरेपछि शनिबार फर्किने उडानबाट हटाइएको छ ।

पेरिस शार्ल्स द गौल विमानस्थलबाट जोन एफ केनेडी अन्तर्राष्ट्रिय बिमानस्थल जाँदै गरेको डेल्टा उडान संख्या २६५ मा लुकीछिपी यात्रागर्ने महिलाले अवरोध सिर्जना गरेकोमा शनिबार उनलाई हटाईएको सीबीएस न्यूजले पुष्टि गरेको छ।

उनलाई फ्रान्सेली प्रहरीहरुद्वारा हटाइको थियो जसको कारण उडानको अन्तिम प्रस्थान अघि दुई घण्टा भन्दा बढी ढिलाइ भयो। उनलाई शनिबार अमेरिका फिर्ता गरिने छैन र तत्कालका लागि फ्रान्सेली हिरासतमा रहने छिन् ।

यद्यपि उनको नाम अधिकारीहरूले जारी गरेका छैनन् । तर यस विषयमा परिचित दुई व्यक्तिले शनिबार सीबीएस न्यूजलाई उक्त महिला ५७ वर्षीया स्वेतलाना डाली भएको बताएका छन् ।

महिलासँग फिलाडेल्फिया निवासी भएको देखाउने चालक अनुमति पत्र (ड्राइभर लाइसेन्स) छ। उनी स्थायी आवासीय पत्र (ग्रीन कार्ड) वाला हुन् । फ्रान्सेली गृह मन्त्रालयले उनलाई रुसी नागरिक भएको बताएको छ ।

लुकीछिपी बिमान चड्ने उक्त महिला विभिन्न शौचालयहरूमा बारम्बार जाने र निकै लामो समय लिने गरे पछि उडान परिचारकले पत्ता लगाएका थिए । विमान अवतरण गरेपछि फ्रान्सेली प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।

कसरी महिला डेल्टाका कर्मचारीलाई प्रवेश पत्र (बोर्डिङ पास )वा राहदानी नदेखाई विमानमा चढीन भन्ने थुप्रै प्रश्नहरु उब्जिएको छ ।

फ्रान्सेली प्रहरी अमेरिकी टिएसएले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। कागजात जाँच प्रक्रियालाई छ्लेमा महिलालाई नागरिक दण्ड वा जरिवाना हुन सक्ने सिबिएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया