ट्रम्पद्वारा एफबीआई निर्देशकमा आफ्ना वफादार भारतीय मूलका काश पटेललाई नियुक्त

इनेप्लिज २०८१ मंसिर १६ गते १:३६ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई निर्देशकमा आफ्ना वफादार भारतीय मूलका काश पटेललाई नियुक्त गरेका छन् । ट्रम्पले शनिबार काश पटेललाई एफबीआई निर्देशकको रूपमा सेवा गर्न मनोनीत गर्न चाहेको बताएका छन् ।

“कश्यप ‘काश’ पटेलले संघीय अनुसन्धान ब्यूरो(बिभाग)को अर्को निर्देशकको रूपमा काम गर्ने घोषणा गर्न पाउँदा म गर्व गर्दछु। काश एक प्रतिभाशाली वकिल, अन्वेषक, र ‘अमेरिका फर्स्ट’ अर्थात् अमेरिका पहिलोका लडाकु हुन् जसले भ्रष्टाचारको पर्दाफास गर्न, न्यायको रक्षा गर्न र अमेरिकी जनताको सुरक्षा गर्न आफ्नो जीवनयात्रा बिताएका छन्,” ट्रम्पले शनिबार साँझ आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा प्रकाशन गरेका छन् ।

“काशले एफबिआइ मा निष्ठा, बहादुरी र निष्ठा फिर्ता ल्याउन हाम्रा महान महान्यायाधिवक्ता पाम बोन्डीको नेतृत्वमा काम गर्नेछन्,”

हाल एफबिआइमा क्रिस्टोफर रे छन् । रे को आफ्नो १० वर्षको कार्यकालमा तीन वर्ष बाँकी छ । सिएनएनका अनुसार रिक्त स्थान सिर्जना गर्न राजीनामा वा बर्खास्त गर्नु पर्ने हुन्छ । ट्रम्पले जेम्स कोमीलाई बर्खास्त गरेपछि २०१७ मा रेलाई मनोनीत गरेका थिए ।

ट्रम्पका वफादारहरू मध्ये पनि पटेललाई व्यापक रूपमा एक विवादास्पद व्यक्तित्वको रूपमा हेरिन्छ ।

पटेलले सन् २०१८ मा तत्कालीन हाउस इन्टेलिजेन्स कमिटी( गुप्तचर समिति)मा शीर्ष रिपब्लिकन डेभिन नुनेसको सहयोगीको रूपमा सेवा गरेका थिए।

प्रतिक्रिया