अमेरिकामा धन्यबाद दिवस अर्थात् थ्यांक्सगिभिङ्ग डे को भोली पल्टको शुक्रबारलाई कालो शुक्रबार(ब्ल्याक फ्राइडे) नामाकरण गरिएको छ । उक्त दिन अर्थात् कालो शुक्रबार(ब्ल्याक फ्राइडे) मा कीर्तिमानी खरिद भएको र मानिसहरुले के के खरिद गरे भन्ने एडोब एनालिटिक्सले केही बिशेष तथ्यांकहरु पेश गरेको छ ।
एडोब एनालिटिक्सका अनुसार मानिसहरूले यस थ्यांक्सगिभिङ्ग सप्ताहन्तमा मात्र आफ्नो खरिद गर्ने मात्र नभई उनीहरूले आफ्नो बिधुतिय (अनलाइन) किनमेल गरि रहेको जनाएको छ ।
यस वर्ष २०२४ को कालो शुक्रबारमा बिधुतिय किनमेल १०.७ बिलियन र ११ बिलियनको बिक्रीमा किर्तिमान हुने तोड्ने गतिमा रहेको एडोब एनालिटिक्सले जनाएको छ । एडोब एनालिटिक्सले यूएस ई-कमर्स डाटा (तथ्यांक ) लाई खोज गरि तथ्यांक सार्वजनिक गर्दछ ।
गत शुक्रबार साँझसम्म बिधुतिय किनमेल गत वर्षको तुलनामा ८ % भन्दा बढी थियो।
ब्ल्याक फ्राइडे अर्थात् कालो शुक्रबारको खरिदले थ्याङ्क्सगिभिङमा किर्तिमान किनमेलको अभिलेख (रेकर्ड )राखेको छ। उपभोक्ताहरूले ६.१ बिलियन को खरिद गरेका छन् । एडोबका अनुसार गत वर्ष अघिको तुलनामा उपभोक्ताले लगभग ९ % ज्यादा किनमेल गरेका छन् ।
कालो शुक्रबारमा मानिसहरूले के के किने ?
एडोबका अनुसार धेरै छुटको कारण २७ % भन्दा बढीको खेलौनाहरू बिक्री भएको र मानिसहरुले किनमेल गरेका छन् । खेलौनाको बिक्री गत अक्टोबरको औसत दिनको तुलनामा हालसम्म बिधुतिय कालो शुक्रबार (अनलाइन ब्ल्याक फ्राइडे )बिक्रीमा १७८% वृद्धि भएको छ।
यसै गरि एडोबका अनुसार कालो शुक्रबार अन्य लोकप्रिय वस्तुहरूमा महिलाहरुका शृंगारका सामग्रीहरु ,छाला अर्थात् त्वचा हेरचाह सामग्री,श्रवण उपकरण (ब्लुटुथ ), दूरदर्शन (टिभी)हरू लगायत रहेका छन् । सर्वाधिक खेलौना बिक्री भएको देखिएको छ ।
एडोबका अनुसार सबै बिक्रीमध्ये आधाभन्दा बढी ५७.६% घुम्तीयन्त्र (मोबाइल) बिक्री भएका छन् गत वर्षको तुलनामा ५५.५ प्रतिशतले बढी हो ।
प्रतिक्रिया