अमेरिकामा नेपालीहरुले यसरी मनाए ‘धन्यवाद दिवस’ : मनाउने क्रम जारी

इनेप्लिज २०८१ मंसिर १३ गते २३:३७ मा प्रकाशित

अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुले ” धन्यवाद दिवस ” अर्थात् ”थ्याङ्कसगिभिङ् डे “हर्सौल्लास साथ मनाएका छन् । अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठूलो पर्वका रुपमा मनाइने ” धन्यवाद दिवस “मा नेपाली समुदायले पनि आफ्ना परिवार,आफन्त ,इष्टमित्र तथा साथीभाईलाई आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरुद्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् । अमेरिकामा १-३ घण्टा सम्म समय फरक हुनाले यो मनाउने क्रम अझ जारी छ भने गत बुधबार देखि नै खुसियाली मनाईएको छ ।

यस पर्वमा मुख्य रुपमा अमेरिकामा पाइने कालिज जस्तो ठुलो चरा टर्की अर्थात् पातालमयूरको मासु खाइन्छ । साथै अन्य फरक परिकारका चिजहरु समेत यसमा खाने चलन छ ।

यस दिवसमा परम्परा अनुसार पर्व सुरु हुनु अगाडी व्हाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडी जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ” पार्डोनिंग ” अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ । यस बर्ष पनि राष्ट्रपति जो बाइडेनले दुई वटा टर्कीलाई व्हाइट हाउसमा एक समारोहका बीच क्षमा गरे ।

यो ”थ्याङ्कसगिभिङ् डे ” अर्थात् धन्यवाद दिवसमा सार्बजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांशले मनाउन प्रारम्भ गरेका छन् । तथापी सवै निजि क्षेत्रबाट संचालनमा रहेका ठूला पसलहरु खुला भएता पनि अन्य दिन भन्दा अलिक छिटो बन्द हुने गर्छन । अमेरिकामा पहिलो पुस्ताले भन्दा पनि अमेरिकामा जन्मेका दोश्रो पुस्ताले यसलाई निकै मनोरंजन गर्ने रुपमा लिने र अभिभावकलाई उत्प्रेरित गर्ने हुनाले पहिला पुस्ताका नेपाली समुदायले भव्य रुपमा मनाउने गर्छन । यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन पनि हुन्छ ।

“धन्यवाद दिवस”थ्याङ्कसगिभिङ् डे इसाईहरुको एउटा प्रमुख चाड हो । अमेरिकामा यो पर्व अझ उत्साहजनक रुपमा मानिन्छ । धन्यवाद दिवस संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ ।

अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवस अर्थात् थ्याङ्कसगिभिङ् डे को भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे )भनिन्छ। उक्त कालो शुक्रबारको दिन अत्यधिक सस्तोमा सामान बिक्रि गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ । यो पर्व सकिने बित्तिकै मानिसहरु पसलका ढोकाहरु अगाडी राति देखि नै कुरेर आफूले चाहेको सामान किन्दछन ।

ईतिहास : वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । यो पर्व हरेक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाउने गरिन्छ। युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालिन समयमा खेतीपाती गर्न प्रारम्भ गरे । फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यबाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको भनिन्छ ।

यस बर्ष अर्थात् बर्ष २०२४ को धन्यबाद दिवस अर्थात् थ्यांक्सगिभिङमा कति खर्च हुन सक्ने जनाएको छ । अमेरिकी फार्म ब्यूरो फेडेरेसनद्वारा किराना मूल्यहरूको राष्ट्रव्यापी सर्वेक्षण अनुसार यस वर्षको छुट्टीको भोजको लागत १० व्यक्तिहरु भेलाको लागि ५८.०८ डलर पर्ने जनाएको छ । अर्थात् प्रति व्यक्ति ५.८१ डलर परे तर गत वर्ष ५ % बाट घटेको छ। सन् २०२१ पछिको सबैभन्दा न्यून पुगेको छ ।

धन्यबाद दिवस परम्परा सन् १९३० को दशकमा स्थापित भएको थियो । जब दुई वर्षको थ्याङ्क्सगिभिङ पाँचौं बिहीबार परे पछि सन् १९४१ मा प्रत्येक नोभेम्बर महिनाको चौथो बिहीबार हुने गरी एउटा कानून पारित गरिएको थियो।

युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर अर्थात् अमेरिकी कृषि बिभागको अनुसार प्रत्येक वर्ष थ्यान्क्सगिभिङ खानाको समयमा अनुमानित ४६ मिलियन टर्कीहरू खाइन्छ। त्यो संख्या संयुक्त राज्य अमेरिकामा हरेक वर्ष उत्पादन २१६.५ मिलियन टर्कीको २१ प्रतिशतको प्रतिनिधित्व गर्दछ।

सन् २०२३ को अनुसार अमेरिकामा सबैभन्दा ठूलो टर्की उत्पादन गर्ने राज्यहरू मिजौरी हो । जहाँ एक वर्षमा १७ मिलियन टर्कीहरू उत्पादन गरिन्छ; एक वर्षमा २० मिलियन इंडियाना; अर्कान्सासमा एक वर्षमा २७ मिलियन टर्कीहरू तथा नर्थ उत्तरी क्यारोलाइनमा वर्षमा २९ मिलियन टर्कीहरू उत्पादन गर्छ ।

प्रतिक्रिया