अमेरिकाको फ्लोरिडा राज्यको गल्फ मैदानमै हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
जुनियर बाउचरले नामक व्यक्तिले ब्रायन हिल्टबिटेललाई अचानक आक्रमणमा गर्दा उनको मृत्यु भएको छ । फ्लोरिडा गल्फ मैदानमा कुटपिटपछि उनलाई हत्याको आरोप लगाईएको प्रहरीले बताएका छन् ।
३६ बर्षिय जुनियर बाउचर वेस्ट पाम बीच नामक शहरमा ब्रायन हिल्टब्रिटेललाई कुटपिट गरेपछि प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको छ ।
फ्लोरिडाको गल्फ मैदानमा सोमबार आफ्नै गल्फ क्लबहरूका साथमा रहेका व्यक्तिको हत्या गरेपछि एक संदिग्ध हिरासतलाई राखिएको छ ।
जुनियर बाउचर वेस्ट पाम बीचको स्यान्डहिल क्रेन गल्फ क्लबमा ६५ वर्षीय ब्रायन हिल्टबिटेलको हत्या गरेका थिए । प्रहरीका अनुसार बाउचरले कथित रूपमागल्फ क्लबबाट हिल्टेबिटेललाई कुटपिट गर्न थाले र उनको टाउकोमा प्रहार गरेका थिए । उनलाई लखेटी लखेटी हत्या गरेका थिए । अधिकांश उनले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
हिल्टबिटेल घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाउचर भाग्ने प्रयास गरे तर प्रहरीले उनलाई गिरफ्तार गरे । घटना हुनुभन्दा करिब एक घण्टा अघि प्रहरीले बाउचरको परिवारले उनी हराएको जानकारी दिएको बताएका थिए ।
बाउचरको व्यापक आपराधिक इतिहास भएको र उनि माथि लागूऔषधको आरोप र घरेलु आक्रमणमा गिरफ्तार समेत गरिएको पृष्टभूमि भएको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया