निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका अर्थशास्त्री डा. जय भट्टाचार्यलाई राष्ट्रिय स्वास्थ्य संस्थानको निर्देशकको रूपमा नियुक्त गरेका छन् ।
निर्वाचित राष्ट्रपति ट्रम्पले स्वास्थ्य अर्थशास्त्री डा. भट्टाचार्यलाई महामारी बन्दाबन्दी (लकडाउन) र खोप जनादेशको आलोचक समेत रहेकालाई राष्ट्रिय स्वास्थ्य संस्थानको राष्ट्रको प्रमुख चिकित्सा अनुसन्धान एजेन्सीको नेतृत्वको लागि चयन गरेका छन् ।
ट्रम्पले मंगलबार साँझ एक विज्ञप्ति मार्फत ५६ वर्षीय चिकित्सक र स्ट्यानफोर्ड युनिभर्सिटी स्कूल अफ मेडिसिनका प्राध्यापक भट्टाचार्यले स्वास्थ्य र मानव सेवा विभागको नेतृत्व गर्ने तर उनि रोबर्ट एफ केनेडी जुनियरसँग सहकार्य गर्ने बताए ।
को हुन् डा भट्टाचार्य ?
जयन्त भट्टाचार्यको जन्म जन्म १९६८मा भएको हो । उनि स्ट्यानफोर्ड विश्वविद्यालयमा चिकित्सा, अर्थशास्त्र र स्वास्थ्य अनुसन्धान नीतिका अमेरिकी प्राध्यापक हुन्। उनको अनुसन्धान स्वास्थ्य सेवाको अर्थशास्त्रमा केन्द्रित छ।
भट्टाचार्य भारतको कोलकातामा जन्मिएका हुन् । उनले १९९० मा स्ट्यानफोर्ड विश्वविद्यालयबाट मानविकी तथा बिज्ञान बिषयमा स्नातक तथा स्नाकोत्तर गरे । । उनले १९९७ मा स्ट्यानफोर्ड चिकित्सा शास्त्रमा बिद्यावारिधी गरे ।
सन् २००० मा भट्टाचार्यले अर्थशास्त्रमा पनि बिधा वारिधि गरेका छन् ।
प्रतिक्रिया