अमेरिकाको ओरेगन राज्यमा बेपत्ता भएकी ६१ वर्षीया महिला तथा २ कुकुरहरूको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।
अधिकारीहरूका अनुसार ओरेगन राज्यको वेल्चेसको ग्रीन क्यान्योनको पैदल यात्रा क्षेत्रमा हराइरहेकी एक महिला र उनका दुई ठूला कुकुरहरूको खोजी मंगलबार जारी रहेको एबिसीन्यूजले जनाएको छ ।
क्लाकामस काउन्टी शेरिफको कार्यालयका अनुसार ६१ बर्षिय सुसान लेन-फोर्नियर काममा उपस्थित नभए पछि बेपत्ता भएको खबर गरिएको थियो। खोजकर्ताहरूले गत सोमबार लेन-फोर्नियरलाई १०० माइलभन्दा बढी क्षेत्रमा खोज गरे ।
प्रहरी सहायकहरूले लेन-फोर्नियरलाई उनको रोजगारदाता(कार्यालय)ले हराएको खबर गरे पछि उनको निवासमा भेट्टाउन सकेनन् । एक सामुदायिक सदस्यले उनको सेतो सवारी साधन १९९२ फोर्ड एफ-२५० एक दिन पछि गोरेटो नजिकैको सडकमा अडिएको अवस्थामा देखे।
लेन-फोर्नियरलाई “फिनिक्स” पनि भनिन्छ । प्रहरीका अनुसार उनको उचाई ५ फिट २ इन्च तथा उनको तौल १५० पाउन्ड रहेको छ । उनको कपाल रातो-खैरो भएको जनाएको छ।
“यद्यपि उनी यस क्षेत्रसँग परिचित छिन्, तर लेन-फोर्नियर रातभर बाहिर बस्न तयार थिइन कि थिइनन भन्ने हामीलाई थाहा छैन। हल्का वर्षासँगै यस क्षेत्रको तापक्रम ३० डिग्रीमा झरेको छ,” शेरिफको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।
शेरिफको कार्यालयले लेन-फोर्नियर वा उनको कुकुरहरूलाई देख्ने जो कोहीलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
तस्बिर कृतज्ञता : क्लाकामस काउन्टी शेरिफको कार्यालय
प्रतिक्रिया