ट्रम्पद्वारा सपथ ग्रहण गरेकै पहिलो दिन क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने वाचा ,सबै उत्पादनहरूमा २५% महसुल लगाउने

इनेप्लिज २०८१ मंसिर ११ गते १२:२२ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेकै पहिलो दिन क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने बताएका छन् । क्यानाडाली अधिकारीहरूले सोमबार ट्रम्पको प्रस्तावित कर योजनाहरूको जवाफ दिएका छन् ।

ट्रम्पले गत सोमबार उनी मेक्सिको, क्यानडा र चीनमा लागूऔषधको प्रवाहलाई देशमा प्रवेश गर्ने र अवैध सीमा पार गर्ने प्रयासलाई रोक्नको लागि ती लागू गर्ने योजनामा ​​रहेको बताए ।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल मंचमा जनवरी २०, २०२५ मा कार्यालय सम्हालेपछि हस्ताक्षर गर्ने पहिलो कार्यकारी आदेशहरू मध्ये एउटा मेक्सिको र क्यानडालाई संयुक्त राज्यमा आउने सबै उत्पादनहरूमा २५% महसुल (ट्यारिफ )लगाउने बताएका छन् ।

“यो महसुल लागूपदार्थ, विशेष गरी फेनटाइल र सबै गैरकानूनी विदेशीहरूले हाम्रो देशको यो आक्रमण रोक्न नहुँदा सम्म प्रभावकारी रहनेछ! मेक्सिको र क्यानाडा दुवैसँग यो लामो समयसम्म उब्जिएको समस्यालाई सजिलैसँग समाधान गर्ने पूर्ण अधिकार र शक्ति छ। हामी यहाँ यो माग गर्दछौं। यो तिनीहरूको लागि धेरै ठूलो मूल्य चुकाउनु पर्ने समय हो।” ट्रम्पले आफ्नो प्रकाशनमा बताएका छन् ।

क्यानाडाका उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्ड र सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्ल्याङ्कले सोमबार प्रस्तावित शुल्कबारे संयुक्त वक्तव्य जारी गर्दै भने, “क्यानाडा र संयुक्त राज्य अमेरिकाको सबैभन्दा बलियो र नजिकको सम्बन्ध छ – विशेष गरी व्यापार र सीमा सुरक्षा ,क्यानडाले सीमा सुरक्षा र हाम्रो साझा सीमाको अखण्डतालाई उच्च प्राथमिकता दिन्छ।

उनीहरुले क्यानडाले अमेरिकाबाट चीन, जापान, फ्रान्स र बेलायत भन्दा बढी खरिद गर्ने जनाएका छन् । राष्ट्रपति चुनावी अभियानका क्रममा ट्रम्पले चिनियाँ सामानमा ६०% देखि १००% सम्म कर लगाउने र सबै अमेरिकी व्यापारिक साझेदारहरूबाट आयात हुने हरेक उत्पादनमा १०% देखि २०% सम्म कर लगाउने प्रस्ताव गरेका थिए।

चुनावको अघिल्लो दिन ट्रम्पले पिट्सबर्गमा एक आमसभामा भने, “म मेक्सिकोमा कर लगाइरहेको छु। उनीहरूले संयुक्त राज्य अमेरिकामा बेच्ने हरेक वस्तुमा लागुऔषध आउन नदिनुञ्जेल २५% शुल्क राख्नुपर्छ।”

प्रतिक्रिया