अमेरिकी राष्ट्रपति जो बाइडेनले व्हाइट हाउसमा धन्यबाददिवस ( थ्यान्क्सगिभिङ )अगाडी ‘पीच’ तथा ‘ब्लोसम’ नाम राखिएका दुई टर्कीलाई क्षमा दान दिएका छन्
उक्त टर्की अमेरिकाको मिनेसोटाबाट ल्याएको हो । बाइडेनले माफी दिने उनको यो अन्तिम क्षमा हो । उनले २०२४ सहित ४ पटक बिभिन्न नामका टर्कीहरुलाई छमा दिएका छन् ।
पीच र ब्लसम मिनेसोटाका दुई भाग्यशाली टर्कीहरू हुन् । राष्ट्रपति बाइडेनले माफी दिए पछि यस वर्ष बाच्न सफल भए । उनीहरूलाई नोभेम्बर २५ सोमबारका दिन ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनले माफी दिए।
समारोहमा करिव २५०० जना जति भेला भएका थिए । यो मौशममा यहाँहरुको राष्ट्रपतिको रूपमा यहाँ बोल्ने र धन्यवाद र कृतज्ञता व्यक्त गर्ने मेरो अन्तिम समय पनि हो। त्यसैले म तपाईहरुलाई भन्न चाहन्छु, यो मेरो जीवनको सम्मान हो। म सधैं आभारी छु।”,बाइडेनले भने ।
“हामी यो क्षणलाई हाम्रो व्यस्त जीवनबाट समय निकाल्न र सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न प्रयोग गरौं ” बाइडेनले भने। ह्वाइट हाउसमा टर्की माफी एक वार्षिक परम्परा हो ।
राष्ट्रपति जोन एफ केनेडीले आफ्नो हत्या हुनुभन्दा केही दिन अघि नोभेम्बर १९६३ मा ह्वाइट हाउसलाई दिइएको टर्कीलाई सार्वजनिक रूपमा बचाउने चलन सुरु गरेका थिए।
प्रतिक्रिया