ट्रम्पद्वारा मार्टी मकरीलाई एफडिएको प्रमुखमा छनौट

इनेप्लिज २०८१ मंसिर ८ गते १२:३६ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्टी मकरीलाई एफडिएको प्रमुखमा छनौट गरेका छन् ।

ट्रम्पले जोन्स हप्किन्स शल्य चिकित्सक र लेखक मार्टी मकरीलाई युएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (अमेरिकी खाद्य र औषधि प्रशासन)को लागि नियुक्त गरेका छन् । उनले महामारीमा लकडाउन अर्थात् बन्दाबन्दी बिरूद्ध तर्क गरेका थिए । यो पदलाई पनि सिनेटले अनुमोदन गर्नु पर्नेछ ।

किनभने २०२५ मा सिनेटमा रिपब्लिकन दलको बहुमत रहेकोले उनि सजिलै अनुमोदन हुनेछन् ।

निर्वाचित राष्ट्रपति ट्रम्पले मकरीले रोबर्ट एफ केनेडी जुनियरको नेतृत्वमा काम गर्ने बताए ।

प्रतिक्रिया