न्यायाधिशद्वारा ट्रम्पले अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको रकम बारे नोभेम्बर २६ मा सुनाइने सजाय मिति पछाडी सारे

इनेप्लिज २०८१ मंसिर ८ गते २:३५ मा प्रकाशित

न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको रकमको मुद्धाको सजाय सुनाउने मिति पछाडी सारेका छन् ।

न्यायाधिशले आगामी नोभेम्बर २६ मा सजाय सुनाउने वाला थिए । शुक्रबार जारी गरिएको संक्षिप्त आदेश अनुसार नोभेम्बर २६ मा सुनाउने सजाय मिति ढिलाइ गरेका छन् । एबिसीन्यूजका अनुसार न्यायाधीशले उनले बचाव पक्षलाई मुद्दा खारेज गर्न प्रस्ताव पेश गर्न अनुमति दिनेछन्।

न्यायाधीशले बचाव पक्षलाई मुद्दा खारेज गर्न प्रस्ताव पेश गर्न अनुमति दिएका छन् । उनले डिसेम्बर २ सम्ममा हुने बताए। मूल नोभेम्बर २६ मिति स्थगित गरेपछि न्यायाधीशले कुनै नयाँ सजायको मिति दिएका छैनन् ।

वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी डेनियललाई चुप लगाउन भुक्तानी गरेको रकम बिषयमा गत मे महिनामा उनि दोषी पाएपछि ट्रम्पलाई अर्को हप्ता सजाय सुनाइने थियो। डेनियललाई १,३० ,००० हजार डलर दिएका थिए ।

२०२१ मा ह्वाइट हाउस छाडेपछि ट्रम्पले चारवटा आपराधिक मुद्दाहरूको सामना गर्नुपरेको थियो। विशेष सल्लाहकार ज्याक स्मिथले वर्तमान राष्ट्रपतिमाथि मुद्दा चलाउन निषेध गर्ने न्याय विभागको नीतिका कारण ट्रम्पको वर्गीकृत कागजातहरू र उनको संघीय चुनावी हस्तक्षेप मुद्दालाई खारेज गर्ने अपेक्षा गरिएको छ।

जर्जिया राज्यमा ट्रम्प र उनका सह-प्रतिवादीहरूले मुद्दा ल्याएका जिल्ला न्यायधिवक्ताको निर्णयमा अपील गरेपछि मुद्दा रोकिएको छ।

प्रतिक्रिया