अमेरिकाको मेरिल्याण्ड राज्यको ला प्लाटा शहरमा किशोर सौतेनी छोराले काम पुरा नगरेको रिसको झोँकमा उनका सौतेनी बुवाले गोली प्रहार गर्दा मृत्यु भएको छ । प्रहरीले यसै सिलसिलामा सौतेनी बुवालाई गिरफ्तार गरेको छ ।
उक्त व्यक्तिलाई गिरफ्तार गरी हत्याको आरोप लगाइएको छ । प्रहरीहरुका अनुसार ती व्यक्तिले घरको काम पूरा नगरेको कारण आफ्नो १५ वर्षीय सौतेनी छोरा सँग रिसाए र उसलाई गोली हानेका थिए ।
अधिकारीहरूले बुधबार मध्यरात पछि हन्ट रोडको ६४०० को भवन समूहमा ४८ वर्षीय दर्शन विलियम्सको घरमा गोली चलेको कसैले प्रहरीलाई खबर गरेका थिए । जब चार्ल्स काउन्टी शेरिफको कार्यालयका प्रहरीहरू आइपुगेउनीहरूले विलियम्स बाहिर उभिरहेको देखे।
घर भित्र उनको सौतेनी छोरा माइकल क्लेमोन्स शेरिफको कार्यालयका अनुसार गोली र अचेत अवस्थामा फेला परेका ठुये । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।
विलियम्सलाई हिरासतमा लिइएको छ भने उनलाई प्राथन श्रेणीको तथा अन्य आरोपहरू लगाइएको छ ।
प्रतिक्रिया