युक्रेनले बेलायती-फ्रान्सेली निर्मित हतियार प्रयोग गरेको रुसद्वारा स्वीकार, ती क्षेप्यास्त्रहरु खसालेको पुष्टी

इनेप्लिज २०८१ मंसिर ६ गते ११:३५ मा प्रकाशित

युक्रेनले बेलायती-फ्रान्सेली निर्मित हतियार प्रयोग गरेको स्वीकार गर्दै स्टोर्म स्याडो नामक क्षेप्यास्त्रहरू रुसले खसालेको पुष्टि गरेको छ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले लामो दूरीका हतियारको प्रयोग गरेको स्वीकार गर्दै बेलायती-फ्रान्सेली निर्मित दुईवटा स्टोर्म स्याडो मिसाइललाई हवाई सुरक्षाले खसालेको बताएको छ।

मन्त्रालयले बिहीबार रुसी वायु प्रतिरक्षाले दुई बेलायती निर्मित स्टोर्म स्याडो पोतबिहार (क्रूज मिसाइल) ,छ वटा अमेरिकी निर्मित एचआईएमएआरएस क्षेप्यास्त्रहरु र ६७ वटा मानवरहित यान (ड्रोन)हरू खसालेको जानकारी दिएको छ ।

एबिसीन्यूजले आक्रमण कहिले भएको हो भन्ने नखुलाइएको जनाएको छ ।रूसी सैन्य बिधुतिय पत्रिका तथा र पश्चिमी संचार माध्यमहरूले गत बुधवार युक्रेनले पहिलो पटक रुस भित्रको लक्ष्यमा बेलायती-फ्रान्सेली-निर्मित क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको समाचारहरु लेखेका थिए ।

रुसको कुर्स्क क्षेत्रको मारिनो गाउँलाई लक्षित गरी आक्रमण भएको हो ।

प्रतिक्रिया