अमेरिकाको जर्जिया राज्यमा एक स्वास्थ्य परिचारिका अध्ययनरत( नर्सिग ) विद्यार्थीको गैरकानुनी रुपमा अमेरिका छिरेका एक आप्रवासीलाई न्यायाधिशले हत्याको दोषी ठहर गरेका छन्।
अदालतले विद्यार्थी लेकेन रिलेको हत्याको मुद्दामा दोषी ठहर गरेको छ ।
गत फेब्रुअरीमा उनको हत्या भएको थियो। सिविएसन्यूजका अनुसार २६ वर्षीय होजे इबारालाई बुधबार बिहान हत्या र रिलेको मृत्युसँग सम्बन्धित अन्य आरोपमा दोषी ठहर गरिएको छ।
इबारा एक अवैध भेनेजुएला आप्रवासी हुन । उनि सन २०२२मा अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेकोअधिकारीहरूले बताए।
तर उनलाई आफ्नो अध्यागमन मुद्दा चलाउन र पछ्याउन( फलोअप) अमेरिकामै रहन अनुमति दिइएको थियो।
एथेन्स-क्लार्क काउन्टी पुनरावेदन अदालतका न्यायाधीश एच. प्याट्रिक ह्यागार्डले दिएको फैसलाले गत हप्ता सुरु भएको चार दिनको सुनुवाइ अन्त्य भएको छ।
उनले सुनुवाइका क्रममा बयान दिन अस्वीकार गरेका थिए ।
प्रतिक्रिया