अमेरिकी स्पिरिट बिमानसेवाद्वारा टाट पल्टेको घोषणा

इनेप्लिज २०८१ मंसिर ३ गते १२:०६ मा प्रकाशित

अमेरिकी स्पिरिट बिमानसेवाले टाट पल्टेको घोषणा गरेको छ । एक संघीय न्यायाधीशले स्पिरिट बिमानसेवालाई जेटब्लुसँग बिलिन (मर्जर()गर्न प्रस्तावलाई रोक लगाएका थिए।

स्पिरिट एयरलाइन्स(बिमानसेवा)ले सोमबार अध्याय ११ अन्तर्गत टाटपल्टेको अर्थात् फक्कड़दास या खन्तीखलास सुरक्षाको लागि मुद्धा दायर गरेको छ।

फ्लोरिडामा रहेको बिमानसेवाले सोमबार भविष्यको उडानका लागि टिकट आरक्षित गर्नेहरूलाई खुला पत्र प्रकाशित गरेको छ। उडान, टिकट बिक्री र अन्य सञ्चालन सामान्य रूपमा जारी रहने बिमानसेवा (एयरलाइन्स)ले जनाएको छ।

बिमानसेवा (एयरलाइन्स)ले न्युयोर्कको दक्षिणी जिल्लाको लागि अमेरिकी टाट पल्टेको अदालतमा दायर गरेको छ । विज्ञप्तिमा बिमानसेवाले आफ्नो ऋणको पुनर्संरचना र कम गर्न खोजेको जनाएको छ ।

जेटब्लु र स्पिरिटले जुलाई २०२२ मा सम्झौतामा हस्ताक्षर गर्दै बिलिन (मर्जर)को प्रस्ताव राखेका थिए । अमेरिकी न्याय विभागले बिलिन रोक्न मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया