रुसद्वारा युक्रेनका ऊर्जा केन्द्रलाई निशाना बनाउदै राष्ट्रव्यापी क्षेप्यास्त्र आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु

इनेप्लिज २०८१ मंसिर २ गते ११:०३ मा प्रकाशित

रुसले युक्रेनका ऊर्जा केन्द्रलाई निशाना बनाउदै राष्ट्रव्यापी क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले करिब १२० वटा क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको बताए ।

रुसले आइतबार राति युक्रेनमा देश भरका उर्जा केन्द्र र ऊर्जा पूर्वाधारलाई लक्षित गरी ठूलो क्षेप्यास्त्र र मानवरहित यान (मिसाइल/ड्रोन )आक्रमण गरेको छ।

यो आक्रमण अगस्तको अन्त्यदेखि युक्रेनमा भएको सबैभन्दा ठूलो र यो वर्ष अहिलेसम्मको तेस्रो ठूलो आक्रमण हो। क्षेप्यास्त्र र मानवरहित यान (ड्रोन)ले राजधानी कीभ लगायतका सहरहरूलाई लक्षित गरी मानिसहरूलाई छिडी (बेसमेन्ट), भूमिगत स्थल र अन्य भूमिगत आश्रयस्थलहरूमा बदन बाध्य पारेको एबिसीन्यूजले जनाएको छ ।

युक्रेनी अधिकारीहरूले कम्तीमा पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन्। जेलेन्स्कीले आइतवार बिहान टेलिग्राममा “व्यापक आक्रमण ” ले “युक्रेनका सबै क्षेत्रहरू” लाई लक्षित गरेको बताए ।

जेलेन्स्कीका अनुसार देशमा लगभग १२० वटा क्षेप्यास्त्र र ९० वटा मानव रहित यानहरू प्रहार गरिएको थियो । युक्रेनी वायु सुरक्षाले १४० भन्दा बढी क्षेप्यास्त्र र मानव रहित यान खसालेको छ ।

“हामी हाम्रा सबै वायु रक्षाका लागि कृतज्ञ छौं,” राष्ट्रपतिले भने । अमेरिकी निर्मित एफ-१६ लडाकु विमानहरू रक्षामा संलग्न रहेका थिए।

कीभ, ओडेसा, जापोरिझिया , क्रिभि रिह, ड्निप्रो र पश्चिमी युक्रेनमा आक्रमण र र विस्फोटहरू गरिएको भएको थियो। कालो सागर( ब्ल्याक सी )बन्दरगाह शहर ओडेसा आक्रमण पछि बिजुलीविहीन भएको छ

जेलेन्स्कीले दक्षिणी शहर माइकोलाइभमा मानव रहित यान (ड्रोन)को आक्रमणबाट दुई जनाको ज्यान गएको र दुई बालबालिकासहित छ जना घाइते भएको बताए ।

प्रतिक्रिया