ट्रम्पद्वारा महाबिबादास्पद सांसद म्याट गेट्जलाई महान्यायाधिवक्तामा नियुक्त

इनेप्लिज २०८१ कार्तिक २९ गते १:१४ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका महाबिबादास्पद सांसद म्याट गेट्जलाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन्।

सामाजिक संजाल मार्फत म्याटले हतियारयुक्त सरकारको अन्त्य गर्नेछन् । उनले हाम्रो सिमानाको रक्षा गर्नेछन् । आपराधिक संगठनहरूलाई भत्काउनेछन् । न्याय विभागमा अमेरिकीहरूको नराम्ररी चकनाचूर भएको विश्वास र विश्वासलाई पुनर्स्थापित गर्नेछन् ,ट्रम्पले लेखेका छन् ।

ट्रम्पले गेट्जलाई “गहिरो प्रतिभाशाली र दृढ वकिल” को रूपमा पनि उनलाई वर्णन गरेका छन् । गेट्जले गत हप्ता फ्लोरिडाको मारालागो भवन धेरै दिन बिताएको सिएनएनले जनाएको छ ।

म्याट गेट्ज न्याय विभागको कट्टर आलोचक हुन् । सांसदमा लामो समयदेखि उनि यौन-अपराध अनुसन्धानको घेरामा परेका थिए । न्याय विभागले अन्ततः गत वर्ष गेट्ज विरुद्ध आपराधिक आरोपहरू नचलाउने निर्णय गरेको थियो ।

गेट्जले बारम्बार कुनै पनि गलत कामलाई अस्वीकार गरेका छन् । उनलाई नाबालिगसँग यौनसम्बन्ध राख्ने तथा यौन सम्पर्कको लागि भुक्तान गरिएको आरोप पनि लागेको छ । गेट्जले न्याय विभागमा कर्मचारीहरूको पनि आलोचना गरेका छन्।

प्रतिक्रिया